• मंसिर १२ २०८१, बुधबार

मौलिक कला-संस्कृतिलाई जोगाएर राख्नुपर्छ : माधव नेपाल

श्रावण १५ २०७९, आईतवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो मौलिक कला-संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा जोड दिएका छन् ।

डोटीको जोरायल गाउँपालिका–२ बुडरमा पालशाक्य बौद्ध गुम्बा आज उद्घाटन गर्दै नेपालले कला–संस्कृति देश चिनाउने गहना भएको बताउदै धार्मिक, कला, संस्कृतिहरूको संरक्षण गर्न आवश्यक रहेको बताए ।

नेपाल कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने बताए । नेपालले कला-संस्कृति बिना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले हाम्रा मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अब युवा पुस्ताहरू सक्रिय हुनुपर्ने बताए ।