• बैशाख ९ २०८२, मंगलवार

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक (सूचनासहित)

श्रावण १५ २०७९, आईतवार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडबृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले सम्बन्धित विद्यालय मार्फत भदौ ५ गते सम्ममा शिक्षा विकास तथा समन्वय इकाइमा परीक्षा आवेदन फारम पेश गर्न सूचना जारी गरिएको हो ।

अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेड पूरक परीक्षामा सहभागी हुन पाउने र उक्त परीक्षा भदौ ११ र १२ गते विहान ८ बजेदेखि ११ सम्म सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने विषयहरु मध्ये सबै भन्दा सानो अंक भएको कोड नं पहिलो दिन र ठुलो अंक भएको कोड नं को विषयमा दोस्रो दिनको परीक्षामा सहभागी हुन पर्नेछ। कुनै आकस्मिक बिदा पर्न गएमा पनि बोर्डको पूर्व सूचना विना परीक्षा स्थगित नहुने सूचनामा उल्लेख गरिएको छ ।