• मंसिर १२ २०८१, बुधबार

सुरक्षा खतरा बढेपछि सलमान खानले लिए बुलेटप्रुफ कार

श्रावण १५ २०७९, आईतवार

काठमाडौं । बलिउड अभिनेता सलमान खानले सुरक्षाको खतरा बढेको देखेपछि आफ्नो सुरक्षा बढाएका छन् भने बुलेटप्रुफ कार लिएका छन्।

साथै सुरक्षा खतराको पूर्व सूचनाका लागि उनले आफ्नो गाडीमा ‘आर्मर’ पनि लगाएका छन् भने सबै झ्यालहरुलाई बुलटेप्रुफ बनाएका छन्।

केही समय अघि पञ्जाबी गायक सिद्धु मुसेवालाको गोली हानी हत्या भएपछि भारतीय कलाकारहरु पनि सुरक्षा खतराको महसुस गर्न थालेका हुन् ।

बलिउडका ‘भाइजान’ सलमान खानलाई पनि ज्यान मार्ने धम्कीसहितको पत्र आएको थियो। उनका बुबा साहिल खान मर्निङ वाकमा गइरहेको बेला कुनै अन्जान व्यक्तिले उनलाई पत्रमार्फत् यस्तो धम्की दिएको थियो।

सलमानले गत साता मात्रै मुम्बई प्रहरीका कमिश्नर विवेक फनसालकरलाई भेटेर बन्दुक राख्ने अनुमति मागेका थिए। उनले हतियार राख्नका लागि आवश्यक लाइसेन्स लिनका लागि निवेदनसमेत दिएका थिए।