• आश्विन १३ २०८१, आईतवार

जीवनदेखि निराश हुनुहुन्छ ? पढ्नुहोस् यी महान वाणीहरु, तपाईंलाई हौसला मिल्नेछ

श्रावण १४ २०७९, शनिबार

गरीबी, दरिद्र र अभावमा बाँचेका मानिसलाई मात्रै होइन, धनी, महान व्यक्तित्व निर्माण गरेका व्यक्तिका लागि पनि सल्लाह, सुझाव र हौसलाको आवश्यक पर्छ ।

त्यतिमात्रै होइन, मानिस अत्यन्तै संवेदनशील प्राणी पनि हो । उसलाई हरेक समय प्रेरणा र सकारात्मक उर्जाको आवश्यक पर्छ । त्यस्तै तपाईंलाई पनि सकारात्मक उर्जा र हौसला पक्कै आवश्यक छ, त्यसका लागि पढ्नुस् यी महान वाणीहरु :

-सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

-सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।

-सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।

-अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।

-एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।

-जुन समस्याको समाधान छैन, त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार मिल्छन् ।

-हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

-जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

-सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ ।

-शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।

-जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।

-असफलताका दुइ कारण छन्– एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु

-तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधा पुर्याउछ भने तल खस्न सहयोग ।

-जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन् ।