नयाँदिल्ली, १३ साउन । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटना ग्रस्त भएको छ ।
दुर्घटनामा भारतीय वायुसेना (आईएएफ)का दुई विमान चालकको मृत्यु भएको छ । मि–२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो ।
भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुकाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ ।
एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरुले जानकारी दिए ।