• आश्विन १३ २०८१, आईतवार

यी हुन् जीवन बदल्ने १२ प्रेरणादायी भनाइ !

श्रावण १३ २०७९, शुक्रबार

हरेक मानिस जीवन बदल्न चहान्छन् । तर, उनीहरुले आफ्नो जीवन कसरी बदल्ने भन्ने बुझेका हुँदैनन् । त्यसका लागि हरेक मानिस सफल र सक्षम बन्न भौतारिरहेका हुन्छन् । यथापि उनीहरु आफूले सोचेजस्तो बन्न सक्दैनन् ।

जसका लागि तपाईं जुन काम गर्दै हुनुहुन्छ, जुन लक्ष्य, उद्देश्यमा पुग्न चहानुहुन्छ, त्यसमा अथक संघर्ष, कडा मेहनत र निरन्तर लगावको आवश्यक पर्छ । यसैलाई थप प्रेरणा दिने भनाइ यस्ता छन् :

१. जुन मानिस लोभ गर्न छोड्छ, उसको प्रसंसा त्यहीबाट समाप्त हुन्छ ।

२. जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन, त्यो व्यक्तिले कहिल्यै नयाँ गर्नेकोसिस गर्दैन ।

३. भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।

४. कुनै महान व्यक्तीले अवसरको कमीबारे सिकायत गर्दैन ।

५. महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर उठ्छ ।

६. यदि तपाईं कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाईं आफै गर्नुस् ।

७. खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नुहुन्न ।

८. जित्नेले बेग्लै चीज गर्दैन, त्इही चीजलाई अलग तरिकाबाट गर्छ ।

९. जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।

१०. यदि तपाईंको लक्ष्यमा कोही पनि हासीरहेको छैन भने ,त्यो तपाईंको धेरै सानो लक्ष्य हो ।

११. अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तित्व यती उच्च बनाउनुस् की तपाईंलाई सुन्न मानीसहरु परिश्रम गरून् ।

१२. तपाईं असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधाभन्दा बढी दुनियाँ त निन्द्रा मै हुन्छ । तर, “सूर्य” सधैं जागा रहन्छ ।