काठमाडौं । गत जेठ १५ गते काठमाडौँको सिभिल मलमा नायिका मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिट गरेको भन्दै लामा फूर्वा तामाङले आज अदालतमा दुई विषयमा मुद्दा दर्ता गरेका छन् ।
बुधवार जिल्ला अदालत पुगी तामाङले नायिका मगर र पृथ्वीसिंह ठकुरीविरुद्ध जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जती र कुटपिट सम्बन्धी मुद्दा दर्ता गरेका हुन् ।
मुद्दा दर्ता गरेपछि तामाङले भने‚ ‘मिरुनाले गत जेठ १५ गते काठमाडौँको सिभिल मलमा आफूलाई ‘ब्याड टच’ गरेको आरोप लगाउँदै झापड हानेको थियो । त्यसपछि उनका अङ्गरक्षक भनिने ठकुरीले मलाई भर्याङतिर लछारपछार गरेको र घाँटी न्याकेर सार्वजनिक रुपमा माफी माग्न लगाएको थियो ।’
तामाङका अनुसार आफू निर्दोष भएर पनि प्रहरी हिरासतमा पुर्याएको‚ करिअर सकाउने‚ लामा वस्त्र उतार्ने लगायतको धम्की दिएको मिरुनाले माफी माग्ने सवालमा पटकपटक पहल गर्दा पनि आजसम्म बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फूर्वाले बताए ।