• असार २५ २०८१, सोमबार

जब गुरूले ‘काँटीमा कपडा टङ्गाए जस्तो सिधा बस्नुस्’ भन्नु भयो…….

श्रावण ११ २०७९, बुधबार

घोराही ११, साउन ।

‘एक अर्कालाई नछोएर बस्नुस् । जुन आसनमा सजिलो हुन्छ त्यसरी नै बसौँ । शरीर सिधा राखौँ । तन्किने होइन । न तन्किनुुस् । असुविधाजनक हुनेगरि नबस्नुस् । काँटीमा कपडा टङ्गाएको जस्तै सिधा रहनुस् । आँखा बन्द गर्नुहोस् । चस्मा छ भने निकाल्नुस् ।’
यसरी नै आनापान ध्यानका साधक गुरू टोपेन्द्र केसीले भन्दै जानुभयो । गोरखा आइडियल स्कूल भालुबाङका विद्यार्थीहरुले केसीको भनाई अनुशरण गरिरहे ।

हत्केला आकाशतर्फ फर्काएर घुँडामा राखे । पलेटी कसेर आसन जमाए । सास फेरेको थाहै नहुनेगरी शान्त भए । सबै विद्यार्थीहरु ध्यान मुद्रामा रहेर अभ्यास गर्न थाले । ‘द्धारपाले तपाईंको नाक हो । उसले सास भित्र गएको र बाहिर निस्केको जानकारी राख्नुपर्छ । विस्तारै सास भित्र गएको छ । विस्तारै बाहिर आएको छ । आरामले लिनुस् । आरामले छोड्नुस् । अरु सबै बिर्सिनुस् । शरीर भित्र भित्रका अंगअंगमा साससँगै पुग्नुस् । आफैलाई सासमार्फत् भित्रभित्र हेर्नुस् ।’

यसरी केसी भन्दै जानुभयोे । त्यस विद्यालयका प्राचार्य वसन्त पुनका अनुसार विहानैदेखि साँझैसम्म विद्यालय चल्छ । उनीहरुले अनेक अभ्यास गर्छन् । निकै फराकिलो खेल मैदान छ । त्यो सबै आफ्नै सम्झिन्छन् उनीहरु । साँघुरो कोठामा भाडामा बस्ने र सानो आगन भएकालाई खुला ठाउँ रमाइलो लाग्छ ।

खेल्नकै लागि भएपनि विद्यालय समय भन्दा अघि पछि विद्यालय आउन रुचाउँछन् । केही बच्चाहरु घरमा भन्दा विद्यालयमा सजिलो र रमाइलो मान्छन् । विहानैदेखि साँझसम्म व्यस्त भएपछि घरमा गएर खाना खान्छन्, अनि आरामले सुत्छन् ।

उनमा मोबाईल हेर्ने, साथीहरुसँग बरालिने र कुलतमा लाग्ने समस्यै रहँदैन । मेरो छोरा बिग्रियो, छोरी बिग्रियो भन्ने, विद्यालयमा शिक्षकले गृहकार्य गर्दैन भनेर गाली गर्ने, बच्चा विहान पढ्न आउनै नसक्ने आइहालेपनि निदाउने समस्या हल भएको छ । विद्यालयले गरेको यही अभ्यासले शिक्षक, विद्यार्थी र अभिवावक सन्तुष्ट छन् ।

विद्यालयले घडी हेरेर विदा दिँदा उनलाई धेरै फुर्सद हुन्छ । खेल्न जान्छ मोबाईलमा समय बिताउँछ । मध्य रातसम्म सुतेन भने भोलिपल्ट विहान ट्यूसन जान सक्दैन । कक्षा १२ सम्मका भवन बनाउने ठाउँ खाली छ ।

त्यही फराकिलो चउरमा खेल्छन् । विद्यालय खुलेको एक वर्षमै पाँच सय नाघेका छन् । भौतिक संरचना निर्माणाधिन हुँदै पनि विद्यार्थी ह्वात्तै बढे । उपल्लो भालुबाङ, सिसहनिया र कालाकाटेसम्मका विद्यार्थी आउँछन् । अहिले कक्षा नौसम्म पढाई चलेको छ । आवाज बाहिर नजाने कोठाहरु, हरेक भवन अगाडी सुन्दर बगैचा, शुद्धिकरण गरिएको पानी सहितका संरचना तयार हुँदैछन् । यसो त प्रशिक्षक केसीले सबै मानिसमा दुई खालका प्रवृत्ति हुन्छन् भनेर व्याख्या गर्नुभयो ।

उहाँका अनुसार सकारात्मक र नकारात्मक दुई थरीकै आभास हुन्छ । सफल मानिसले आफू भित्र भएको नकारात्मक प्रवृत्तिमाथी शासन गरोस् । सकारात्मक प्रवृत्तिको अभ्यास गरोस् । सकारात्मक प्रवृत्तिको अभ्यास गरे सफल भइन्छ । उहाँले भने झैं बच्चालाई सकारात्मक अभ्यासमार्फत् परिवर्तन गर्न विद्यालय लागेको छ । सकारात्मक र नकारात्मक प्रवृत्तिको सम्बन्ध साससँग जोडिएको केसीको भनाई थियो ।

उहाँका अनुसार रिस उठेको बेला सास असामान्य हुन्छ । सामान्य अवस्था भन्दा छिटोछिटो चल्छ । स्याँस्याँ फ्वाँफ्वाँ गर्छ । तर रिस नउठेको बेला त्यस्तो हुँदैन । त्यसबेला मानिसमा शान्त, धैर्यता, क्षमाशिल, करुणा हुन्छ । अनि त्यस्तो बेला गलत काम गर्दैन । मन हड्बडाएको बेला सास असामान्य हुन्छ । डराउनु र रिसाउनु मनको समस्या हो । मनको समस्याबाट बाहिर आउने ठाउँ भनेको सास हो । जो शान्त हुन्छ । आरामले सास फेर्छ । त्यो तनावमुक्त हुन्छ । उनीहरुले केसीको प्रवचनलाई ध्यान मग्न भएर सुनिरहे ।

‘भौतिक विकास भयो, मानसिक, बानी, व्यहोरा चाल चलनको विकास भएको छैन’ कार्यक्रमका प्रमुख अतिथि एवम् विपश्यना ध्यान केन्द्र घोराहीका संस्थापक नारायणप्रसाद शर्माले भन्नुभयो, ‘एकातिर यत्रो विकास भयो । असल बानी, चाल, संस्कार, कर्मको विकास भएन । शिक्षाको मुल जरो यहीँ छ ।’ उहाँका अनुसार आनापान ध्यान यसैका लागि हो । विद्यालयमा पुगेर वा ध्यानकेन्द्रमा ल्याएर गराउँदै आएको छ । बालबालिकाको समयलाई ख्याल गरेर आधा घण्टामा ध्यान सकिएको थियो ।