काठमाडौं । जनस्वास्थ्य विदहरूले कोरोनाको चौथो लहर सुरू भएको सार्वजनिक गर्दै गर्दा सभामुख अग्निप्रसाद सापकोटाले कोरोना सांसदहरूलाई मास्क प्रयोग गर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले कोभिड–१९ को संक्रमणदर पुनः बढ्दै गएकले संसद् बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् ।
कोरोना महामारी संक्रमण बढिरहेका बेला यसलाई वेवास्ता गरियो भने भयावह स्थिति निम्तने संकेत गर्दै सापकोटाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ ।
हाल ३ हजारभन्दा बढी कोरोना संक्रमित सर्वसाधरण आइसोलेसनमा उपचार गराइरहेका छन् ।