काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो।
नियुक्तिसंगै अब अभिनेता केसी दुई वर्षको लागि बोर्ड अध्यक्षको कार्यभार सम्हाल्ने छन्।