• मंसिर १२ २०८१, बुधबार

चौँरी गाईको आलो रगत पिउने मेला सुरु

श्रावण ९ २०७९, सोमबार

मुस्ताङ ।  चौँरी गाईको आलो रगत पिउने मेला सुरु भएको छ । हिमाली क्षेत्रमा पालिएका चौँरीको घाँटीबाट निकालेको आलो रगत पिउनका लागि मेला भर्न मानिसहरूको भिड लागेको छ ।

मुस्ताङको लेकाली खर्कमा चौँरी गाईको मेला लाग्ने गरेको  छ । थासाङ गाउँपालिका-२ मार्चे र मुलीखर्क तथा घरपझोङ ५ नमखुलेक खर्कमा चौँरीको रगत पिउने मेला कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण गएको दुई वर्ष रोकिएको थियो ।

गएको बुधवारदेखि लगाइएको चौँरीको रगत पिउने मेलामा मुस्ताङसहित म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, स्याङ्जा, काठमाडाैं र चितवनलगायतका जिल्लाबाट मानिसहरू पुगेका छन् ।