• मंसिर १४ २०८१, शुक्रबार

दोक्लाम नजिक बनेका यी रहरलाग्दा चिनियाँ बस्ती

श्रावण ७ २०७९, शनिबार

काठमाडौं । एक रातमै विकासको अनुपम चक्मा देखाउँदै आएको चीनले चीन–भुटान सीमा दोक्लाम नजिकै चिनियाँ भूभागमा रातारात रहरलाग्दो वस्ती निर्माण गरेर प्रयोगमा ल्याइसकेको छ ।

यसलाई चीनले प्रचारमा नल्याए पनि भारत तथा अमेरिकाजस्ता देशहरूले स्याटलाइटमार्फत् चिनियाँ वस्ती बसिसकेको यथार्थतालाई सार्वजनिक गरिरहेका छन् । बेलाबेलामा ‘रणनीतिक हित’ भन्दै भारतले चीनसँग अत्तो थाप्दै आए पनि चीनले सीमा रक्षाका लागि आफ्नो तयारी पूरा गरिसकेको देखिएको छ ।

चीन–भुटानबीच पटकपटक सीमा बारे वार्ता भएपछि दोक्लामभन्दा पूर्वमा चिनियाँ गाउँ निर्माण गरिएको देखिएको छ । यो वस्ती विकासको विषयलाई लिएर चीन–भूटानबीच तनाव उत्पन्न हुने भने देखिएको छैन ।

सीमारेखा भन्दा पूर्वमा रहेको उक्त गाउँको नजिकै चीनले सडक विस्तार गरिरहँदा ‘सन् २०१७ भारतीय र चिनियाँ सेनाबीच ७३ दिनसम्म लगातार यो वा त्यो रूपमा मल्ल युद्ध चलेको थियो । यसलाई ‘दोक्लाम भिडन्त’ भनिन्छ ।

 

चीनले निर्माण गरेका ती गाउँहरूमा पूर्ण रूपमा बस्ती बसिसकेका छन् । धेरै घरको अगाडि आँगनमा कार तथा जीप पार्किङ गरेर राखेको देखिन्छ । गाउँको वरपर निकासका लागि चौडा सडक निर्माण गरिएको छ । अप्ठेरा ठाउँहरूमा पुल तथा कजवेहरू पनि निर्माण गरिएका छन् ।

यस्ता वस्तीहरू नदी किनारामा रहेका छन् । आमो चू नदी बहने उपत्यकामा यी गाउँहरू निर्माण भएका छन् । भुटान र चीनबीच ४०० किलोमिटर लामो सीमा रहेको छ ।