• असार १८ २०८१, सोमबार

अमेरिकन दूतावासले नपत्याएको नेपालको “न्यानो नानी”ले अमेरिकामा पायो अवार्ड

श्रावण ६ २०७९, शुक्रबार

काठमाडौं । नेपालको आविष्कारले अमेरिकामा अवार्ड हासिल गरेको छ । काठमाडौँको अमेरिकन दूतावासले नप्त्याएको नेपालको आविष्कारले अमेरिकामा अवार्ड हात पार्न सफल भएको हो ।

दूतावासले आविष्कार केन्द्रका अनुभबी र अनुसन्धानको काममा एकदमै समर्पित ३ जना ईन्जिनियरहरुलाई अमेरिका आउने भिसा दिएको थिएन । तर पनि राष्ट्रिय आविष्कार केन्द्रमा बनेको एउटा बायो-मेडिकल उपकरण अमेरिकाको प्रदर्शनीमा आविष्कार केन्द्रले आफैले पठायो । धेरै दर्शकहरुले मन पराएर नेपालको आविष्कार केन्द्रले पुरस्कार (People’s Choice Award) हात पार्न सफल भयो ।

गत बर्ष देखि अमेरिकाको Northeast Ohio Medical University संग बायो-मेडिकल बिषयमा सहकार्य गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रले “न्यानो नानी” भन्ने नाम दिएर बच्चाहरुलाई न्यानो बनाउने Baby Warmer एक्सप्रेस कार्गो द्वारा अमेरिका पठाएर नेपालबाटै जुमबाट भाग लिएको थिए ।

अवार्डअवार्ड प्राप्त गरे पश्चात् आविष्कार केन्द्रका सहभागी महाबीर पुनले दूतावासले नेपालीलाई नप्त्याए पनि आफ्नो आविष्कारलाई अमेरिकाले पत्याएको आफ्नो सामाजिक संजाल मार्फत बताए ।