• मंसिर १३ २०८१, बिहीबार

स्वास्थ्य मन्त्रालयद्वारा मास्कको अनिवार्य प्रयाेगलगायत १० बुँदे सुरक्षा मापदण्ड अपनाउन अनुरोध

श्रावण ५ २०७९, बिहीबार

काठमाडौं ।  भाइरस संक्रमण दैनिक बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयद्वारा आज  बिहीबार १० बुँदे सूचना जारी गर्दै सरकारी, गैर सरकारी सबै कार्यालयहरुमा तथा भिडभाड हुने ठाउँहरुमा  मास्कको अनिवार्य  प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ  ।

मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न उल्लेख गरेको छ ।