• पुष २५ २०८१, बिहीबार

गभर्नर अधिकारीको राजीनामा माग गर्दै माइतीघरमा कार्टुन प्रदर्शन गरेर विरोध

श्रावण ५ २०७९, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघ, माओवादी समर्थित अखिल क्रान्तिकारी र नेकपा एस समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले संयुक्त रूपमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना गर्दै राजीनामा माग गरेका हुन् ।

विरोध प्रदर्शनसँगै आयोजित सभालाई नेविसंघका दुजाङ्ग शेर्पा, क्रान्तिकारीकी पन्चा सिंह र अनेरास्ववियुका सुदेस पराजुलीले सम्बोधन गरेका थिए ।