काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक फेरि पनि स्थगित भएको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक अजेन्डामा प्रवेश नै नगरी स्थगित भएको हो।
दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेन्डा तय भएका थिए । एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरि सुरु भएको थियो। ढिलोगरि सुरु भएको बैठक अजेन्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए।