काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा दानबहादुर तामाङलाई नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका हुन् ।