• मंसिर १२ २०८१, बुधबार

नवौं राष्ट्रिय खेलकुद: १२ उपसमिति गठन

श्रावण ४ २०७९, बुधबार

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदलाई भव्य र व्यवस्थित पार्न भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न उपसमिती गठन गरेको छ। नवौ राष्ट्रिय खेलकुद असोजको अन्तिम साताबाट शुरु हुनेछ ।

मुल आयोजक समितिको दोस्रो बैठकबाट कुल १४ मध्ये १२ उपसमिती तय भएको कार्यकारी समितिका संयोजक समेत रहेका राखेप सदस्य सचिब टंकलाल घिसिङले जानकारी दिए ।

उपसमितीको संयोजक एकेन्द्र बहादुर कुँवर र सचिव शारङ्गिन् निरौला, प्राबिधिक उपसिमतीका संयोजक हिमालराज दाशाल र सचिव प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसिमिती राजेश गुरुङ, र सचिव कष्णप्रसाद तिमल्सिना, बसोबास व्यवस्थापन उपसमितीको संयोजक राजकुमार थापा र सचिव चन्द्रकुमार राई, अनुशासन उपसमितीको संयोजक पेमा लामा र सचिव नारायणराज अर्याल छन् ।

त्यस्तै स्वास्थ्य उपसमिती डा.बुदन्द थापा, र सचिव ज्ञानेन्द्रविक्रम शाह, यातायात व्यवस्था उपसमितीको संयोजक प्रकाश कुसारी र सचिव देवराज कटुवाल,प्रचार प्रसार उपसमितीको संयोजक दिपेन्द्र विष्ट र सचिव खुशराज दाहाल, खेल सामाग्री तथा पोसाक व्यवस्थापन उपसमितीको संयोजक अञ्जन धमला र सचिव सृजन खतिवडा, स्रोत परिचालन उपसिमतीको संयोजक सुर्य भण्डारी र सचिव सरोजकुमार पोखरेल, स्वयंमसेवक उपसमितीको संयोजक जनक बर्तौला र सचिव लिलराज बस्नेत तथा एन्टिडोपिङ उपसमितीको संयोजक डा.नमिसमान प्रधान र सचिवमा दोबे तमाङ रहेका छन् ।