काठमाडौं । अमेरिकी अदालतले टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कविरुद्ध ट्विटरको मुद्दाको सुनुवाई अक्टोबरमा निश्चित गरिएको छ ।
एलन मस्कले ढिलो सुनुवाईका लागि माग गरेका थिए । उनले ट्विटर खरिद गर्नका लागि ४४ अर्ब डलरको सम्झौता गरेका थिए जसबाट अब एलन मस्कले पछि हट्ने निर्णय गरेका छन् ।
त्यसपछि सोसल मिडिया कम्पनी ट्विटरले सम्झौता पूरा गराउनका लागि अदालतको ढोका ढक्ढकाएको थियो । अदालतले एलन मस्कलाई ५४.२० डलर प्रति सेयरको निश्चित मूल्यमा अधिग्रहण पूरा गर्न आदेश दिने ट्विटरले अपेक्षा गरेको छ ।