• आश्विन १३ २०८१, आईतवार

सफल व्यक्ति कसरी बन्ने ? अपनाउँनुहोस् यी ५ सूत्र

श्रावण ४ २०७९, बुधबार

संसारका जोसुकै मानिसलाई पनि सफल बन्न मन लाग्छ । त्यसका लागि उनीहरुले कडा मेहनत र लगानी गरेकै हुन्छन् । तर, पनि उनीहरु सफल हुँदैनन् किन ? यस्तो अवस्थामा उनीहरुको मनमा प्रश्न उठ्दछ, सफल व्यक्ति बन्न आखिर त्यस्तो के नै गर्नुपर्छ ? जसले गर्दा सफलता मिलोस् । यी व्यक्तिहरु कहाँ र कसरी प्रेरित हुुन्छन् ?

डा. उज्ज्वल पाटनी (मोटिभेसन लेखक)बाट जानौँ यी ५ सूूत्र, जुुन सफल व्यक्ति बन्न लगातार प्रेरणा मिल्नेछ ।

हरेक कामको सुरुवातदेखि अन्तसम्म उत्साही भएर गर्छन्

सफल व्यक्ति आफ्नो दिनको सुुरुआत ती उत्साही कार्यहरुका साथ गर्छन् जुुन गर्न सबैभन्दा धेरै आनन्द र सुुखको अनुुभूूति हुुुन्छ । यसले पूरै दिन एक सकारात्मक मुड बन्दछ र बिहानैको सफलता पाउँदा दिनभर शक्ति बनिरहन्छ।

यस्ता कार्य जसमा ऊर्जा व्यर्थ हुुन्छ । जसलाई गर्न समय जान्छ र राम्रो महसुुस हुुँदैन । ती कार्यहरु दोस्रो व्यक्तिलाई सुुम्पन्छन् । हरेक काम आफैँ गर्नुुपर्ने भन्ने उनीहरु सोच्दैनन् । यदि तपाईं सर्वाधिक ऊर्जाको समय आफ्नो महत्वपूूर्ण कार्यहरु गर्ने आदत बनाउनुुहुुन्छ भने तपाईँको काम पूूरा हुुने प्रतिशत स्वतः बढेर जान्छ ।

सफल व्यक्तिका साथ समय बिताउँछन्

हामी जुुन व्यक्तिहरुबाट घेरिएका हुुन्छौं तिनले समेत हामीले सोच्ने र काम गर्ने तरिकामा प्रभाव पारेको हुुन्छ । दिनभरिमा हाम्रो ससाना भेटघाट हुुन्छन्, त्यसैले तय गर्छ कि हाम्रा दिन कुुन दिशामा जानेछ । यदि तपाईं हरेक दिन केही बढी प्रेरक र शक्तिशाली व्यक्तिसँग भेट्नुुहुुुन्छ भने तपाईंभित्र नयाँ ऊर्जाको सञ्चार हुुन्छ । यदि तपाईं नकारात्मक व्यक्ति नजदअन्दाज गर्नुुहुुुन्छ भने तपाईंसँग सकारात्मक ऊर्जा रहिरहन्छ ।

तपाईंको परिवार, जीवनसाथी र कर्मचारीको सोच्ने तरिका पनि तपाईंको जीवनमा असर पर्छ । जुुन पाँच व्यक्तिका साथ समय बिताउनुुहुुन्छ तपाईँ उनीहरुको औसतमा पर्नुुहुुन्छ । यसै कारण नकारात्मक व्यक्तिबाट टाढै रहनुपर्छ ।

सफलताका जश मनाउँछन्

जब तपाईंको कुुनै कामका लागि पुुरस्कृत हुुुनुुहुुुन्छ तब तपाईं त्यसलाई बारम्बार दोहोर्याइरहनुुुुहुुन्छ । तपाईं सफलताका लागि स्वयं पुुरस्कृृत गर्नुुहोस् र जश मनाउनुुहोस् तब तपाईंको सफलताको प्रतिशत बढेर जान्छ । तपाईंको ससाना कोशेढुंगाहरु पनि उत्सब मनाउनुुहोस् । तपाईं केवल ठूूलो गन्तव्यको प्रतिक्षामा वर्तमान नष्ट गर्नुुहुुुन्न् । तपाईं आफूूले आफूूलाई भन्नुुहोस् कि मलाई स्वयंमा गर्व छ । मेरो जन्म केही खास गर्नका लागि भएको हो र म हरेक दिन सर्वश्रेष्ठ तरिकाबाट बिताउँछुु ।

असफलतामा माफ गर्छन्

कतिपय व्यक्ति सानो असफलता हुुने बित्तिकै आफैँ धिक्कार्न थाल्छन् । नयाँ प्रयास गर्नुुका साटो असफल किन भएँ, यस्तै सोचेर आफ्नो समय समाप्त गर्छन् । हामी आफ्नो खुबीमा पनि सवालहरु निशाना लगाइरहेका हुुन्छौं । मनमा पनि कैयौं सवालहरु उब्जन्छन् कि हामी योग्य छौं वा छैनौं । हामी अन्जानमा आफूूूले आफैँलाई सजाय दिन थाल्छौँ ।

याद गर्नुुस् कि झर्नूू नराम्रो होइन तर झरेर पनि झरिरहनुु चाहिँ नराम्रो हो । असफल हुुनुु नराम्रो होइन तर असफल भएर निराश हुुनुु र स्वयं समाप्त गर्नु नराम्रो हो । तब आफ्नो असफलताहरुदेखि स्वयं सहानुुभूूूति राख्नुुहोस् । सोच्नुुहोस् कि कोही दोस्रो व्यक्ति यदि असफल हुुँदा तपाईं कहाँ सल्लाह माग्न आउँदा के तपाईं ऊ प्रति कटाक्ष गरेर उसलाई समाप्त गर्नुुु हुुुन्छ वा तपाईँ सम्झाउनुु हुुन्छ । यो केवल एउटा ब्रेक हो ।

दृढतासाथ नाई भन्छन्

हरेक व्यक्तिले नाई भनेमा व्यक्ति असफल हुने सबैभन्दा सजिलो मन्त्र हो । यदि तपाईं हरेक लक्ष्यलाई हो भन्नुुहुुन्छ भने तपाईं केही पनि हासिल गर्न सक्नुुहुुन्न् । यदि तपाईं हर व्यक्तिलाई हो भन्नुुहुुुन्छ भने तपार्इंको दिन यस्ता काममा सकिन्छ । किनकि तपार्इंले कहिल्यै योजना नै बनाउनुुभएन ।

तपाईंले स्वयंका लागि प्रमुुख लक्ष्य चुुन्नुु भएको छ जसको सपना र तपाईंको सपना अलग छन् भने नाई भन्दिनुुस् । यदि कोही तपाईंको दिनचर्यालाई आफ्नो स्वार्थका लागि बदल्ने प्रयास गर्छ भने नगर्नुुस् । कहिलेकाहीँ आफ्नो सबैभन्दा मनपर्ने चीजलाई पनि नाई भन्नपर्छ ।

मानौँ भोलि बिहान तपाईंको एउटा जरुरी बैठक छ र आज राति एउटा जबरजस्त पार्टी हुुन गइरहेको छ जसमा धेरै रमाइलो हुुनेवाला छ । अब यहाँ चुुुन्नुपर्छ कि बिहानको बैठकमा सर्वश्रेष्ठ तयारीका साथ जाउँ वा रात्री पार्टीको आनन्द उठाउँ । तपाईंको चयन ले नै तपाईंको उपलब्धि तय गर्दछ ।