• बैशाख ९ २०८२, मंगलवार

मेयर बालेनलाई शिक्षा मन्त्रीको आग्रह- शिक्षण संस्थालाई सुधार्न लाग्नु

श्रावण ३ २०७९, मंगलवार

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहलाई शिक्षण संस्थालाई सुधार्नतिर लाग्न आग्रह गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पौडेलले काठमाडौँ महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै मेयर बालेनलाई ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’ मा लाग्न आग्रह गरेका छन् ।

शिक्षामन्त्री पौडेलले अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गर्दै भने- ‘शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी विद्यार्थीले बुझेका छन् या छैनन् पढ्ने वातावरण छ कि छैन् ? भनेर नियमित महानगरपालिकाले अनुगमन गर्नुपर्‍यो’,

प्रमुख साहले विद्यार्थीले बोक्ने किताबहरू धेरै र गाह्रो भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने बताए । उनले महानगरपालिकाभित्र भएका ९० विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको भन्दै डिजिटल बोर्डको आवश्यकता रहेको बताए ।