• मंसिर १२ २०८१, बुधबार

पेट मिचीमिची हँसाएरै मार्ने ‘खेताला’ लिएर आए विनोद ढकाल (भिडियो सहित)

श्रावण ३ २०७९, मंगलवार

काठमाडौं । वर्षातको झरीसँगै तीजको मौसम र रसरंगी नजिकिँदै गर्दा युवा कलाकार विनोद ढकालले फेरिपनि दर्शकमाझ आफ्नो हसाउँने प्रस्तुती लिएर आएका छन् ।

दर्जनौं हँसाउने र ठट्यौली खाले गीतहरु स्रोता तथा दर्शक माझ पस्कँदै आएका ढकालले महिला हिंसा र दाइजो विरुद्धको आवाज बोलेको, छोराछोरी नपाएको निहुँमा श्रीमती माथिको हिंसा गर्ने पुरुष प्रवृति विरुद्ध व्यङ्ग्य गर्दै उनले आफ्नो यसपालीको तीज गीतमा पनि पारिवारिक विषयवस्तुमा आधारित गीत लिएर आएका छन् ।

कलिलो उमेरमै १०० भन्दा बढी गीत सिर्जना गरेका चर्चित सर्जक ढकाल फरक खालका तर समसामयिक विषयवस्तुलाई टपक्क टिपेर गीतमा उतार्न खप्पिस छन् । उनै ढकालले यसपाली ‘खेताला’ लिएर हामी माझ आएका छन् । यसपालीको तीज गीतको झटारो कस्तो छ त ? पक्कै पनि गीत सुनेपछि र दृश्य हेरेपछि थाहा हुने नै छ ।

विनोद ढकाल, माया दर्नाल, दिपकला थापा(रिम्पल) र कृष्ण लामिछानेको स्वर रहेको गीतमा लय र शब्द पनि ढकालकै रहेका छन् । गीतको दृश्यमा शुशिला निरौला (बिमली), गणेश एसी, रोमा विष्ट, अनुप कार्कीसहित ढकाल आफैले पनि अभिनय गरेका छन् ।

गीतको दृश्य निर्माणमा लक्ष्मण श्रेष्ठले निर्देशन गरेका छन् । गीतको कथा र परिकल्पनाकार विनोद ढकाल आफै हुन् ।
गीतमा मरुभूमि नारायणले निकै मेहनतका साथ क्यामराम्यानको भूमीका खेलेका छन्
भने दृश्यको सम्पादन रोशन धितालले गरेका हुन् ।