काठमाडौं। अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर अबस्थामा पुगेको छ । गत असार १४ मा अमेरिकी डलरको बिक्री मुल्य १२६ रुपैयाँ ५ पैसा रहेकोमा अहिले बिक्रि दर २ रुपैयाँ भन्दा बढीले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार नेपाली बजारमा १ अमेरिकी डलर १२८.२६ रुपैयाँमा बिक्री भइरहेको छ । यसअघि गत फागुन २२ गते नेपालका वाणिज्य बैंकहरुले एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्ममा बिक्री गरेका थिए ।
यसअघि असार ३० गते एक अमेरिकी डलर बराबर १२१ रुपैयाँ पुगेको थियो । नेपाली मुद्रा कमजोर हुनुमा भारतीय मुद्रा कमजोर बन्दाको असर हो । हाल विश्व बजारमा डलर र युरोको मूल्य बराबरीको अबस्थामा रहेको छ ।