काठमाडौं । आर्थकि वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिर्नेमा १० कम्पनी सूचिकृत छन् । ति मध्ये सबै भन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल प्रालि रहेको छ । सो कम्पनीले १० अर्ब ७२ करोड कर राजस्व कार्यालयमा बुझाएको तथ्यांक छ । सूर्य नेपाल चुरोट उत्पादन कम्पनी हो ।
यसअघि पनि सबै भन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल कम्पनी नै रहेको थियो । अर्थमन्त्रालयको तथ्याङ्क अनुसार सो कम्पनीले अघिल्लो वर्ष ९ अर्ब ३४ करोड कर दाखिला गरेको थियो । कम्पनीमा आइटीसी इन्डियाको ५९ प्रतिशत, नेपाली लगानीकर्ताको ३९ प्रतिशत र ब्रिटिस अमेरिकन टोब्याको (इन्भेष्टमेन्ट) लिमिटेड युकेको दुई प्रतिशत सेयर छ।
सूर्य नेपाल कम्पनी पछि दोस्रोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) रहेको छ। यो कम्पनीले ९ अर्ब ७२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा दोस्रो नम्बरमा परेको हो। त्यस्तै तेस्रोमा निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल रहेको छ । सो कम्पनीले यो वर्ष ७ अर्ब ७९ करोड कर तिरेको छ ।
चौथोमा गोर्खा ब्रुअरी प्रा लिले ५ अर्ब ६९ करोड कर तिरेको छ । पाँचौमा विद्युत प्राधिकरण ३ अर्ब ९५ करोड कर बुझाएको छ । छैठौँमा एनआइसी एसिया बैंक लिमिटेडले ३ अर्ब ४१ करोड कर बुझाएको छ भने सातौँ नम्बरमा नबिल बैंक लिमिटेडले ३ अर्ब ३२ करोड कर तिरेको छ । ८ औँ नम्बरमा ग्लोबल आइएमई बैंक लिमिटेड ३ अर्ब १७ करोड कर तिरेको छ । ९ औँ नम्बरमा सिद्धार्थ बैंक लिमिटेड २ अर्ब ७७ करोड कर तिरेको छ । १० औं नम्बरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड २ अर्ब ६५ करोड कर तिरेको तथ्यांक छ ।