• आश्विन १३ २०८१, आईतवार

श्वासप्रश्वासको प्रमुख अंग फोक्सो कसरी स्वस्थ राख्ने ? हेर्नुहोस् यी हुन् उपायहरू

श्रावण ३ २०७९, मंगलवार

१) सकेसम्म स्वच्छ हावा लिने :

घर/अफिसमा बस्दा झ्याल, ढोका, भेन्टिलेटर खुल्ला राख्ने। स्वच्छ हावाको आवातजावत सन्तुलित गर्नु ।

२) पर्याप्त पानी पिउने :
शरीरमा पर्याप्त पानीको मात्रा भएपछी फोक्सोलाई काम गर्न सहज हुन्छ । Caffeinated beverage (कफी), अल्कोहल र सोडियम धेरै भएका खानेकुरा नखानुहोला ।

३) आइरन र एन्टी अक्सिडेन्ट बढी भएको खाना लिने :

हरियो सागपात, भटमास, अण्डा, रातो सिमि, गाजर, पालुन्ग्गो, सिमला खुर्सानी आदी खानुहोला ।

४) शारीरिक रुपमा स्फुर्त रहने :

घर वा आगनमै सामान्य शारीरिक कसरत, हिंडडुलले फोक्सोको अक्सिजन लिने क्षमता बढाई चिन्ता घटाउँछ ।

५) स्वासप्रश्वासको कसरत गर्ने (फोक्सोको) :

स्वस्थ व्यक्तिको लागि : Deep breathing exercise गर्दा प्रभावकारी हुन्छ । यसको लागि :

(क) आफूलाई सहज हुने आसनमा बस्ने

(ख) नाकबाट सकेसम्म धेरै हावा भित्र लिने

(ग) फोक्सोमा एकछिन हावालाई होल्ड गरेर मनमनै ५ सम्म गिन्ती गर्ने

(घ) नाकबाट बिस्तारै हावा छोड्ने ।

१ पटकमा कम्तिमा ४ चोटी यो विधि अपनाउनु पर्छ र दिनभरिमा कम्तिमा ४ पटक ।

अस्वस्थ व्यक्तिको लागि :

बिस्तारै हावा भित्र लिने र नाकबाट फाल्ने प्रयास गर्ने ।

६) शान्त रहने प्रयास गर्नुस :

जब तपाई शान्त रहनुहुन्छ, तब श्वासप्रश्वास प्रक्रिया सहज हुन्छ । सम्भव भएमा मेडीटेशन, योग, सकारात्मक सोच सम्बन्धी युट्युबमा भिडियोहरु हेर्नुहोला ।

७) धुम्रपान :

धुम्रपान नगर्ने । आफू सामु अरुलाई पनि गर्न नदिने ।

८) घरभित्रको हावा दुषित न्यूनीकरण गर्ने :

ग्यास चुल्हो, स्टोभ, बलिरहेको मैनबत्ती वा टुक्की, दाउरा बालिरहेको ठाउँबाट, ग्यास हिटर आदी धुवाँ निकाल्ने ठाउँबाट कम्तिमा ५ फिट टाढा बस्ने । दाउरा बालेर खाना पकाउने अवस्था र धुवाँ आवत-जावतको अवस्था ठीक नभएमा खुल्ला ठाउँमा खाना बनाउने । मुख्य कुरा धुँवाबाट टाढा रहने ।

९) पेट्रोलियम आधारित क्रिम र मल्हमहरु अनुहार र छातीमा नलगाउने ।

जस्तै भेसलिन, मोईस्चराईजर आदी ।

१०) श्वास फेर्न कठिनाई वा छाती दुख्ने जस्ता लक्षण महशुस भएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्नु ।