कोरोना संक्रमण विश्वभर फैलदाँ त्यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा नराम्रो सँग पर्यो । विशेषगरी विश्वका ठूला मुलुकले सामान आयात निर्यात् ठप्प हुदाँ व्यापार घाटामा क्षति व्यहोर्नु पर्यो । चीन, अमेरिका, रसिया, भारत लगायत विकसित देश कोरोना संक्रमणको चपेटामा पर्यो । त्यस्तै कोरोना संक्रमणको चपेटामा नेपाल जस्तो भूपरिवेष्टित मुलुक पनि अछुतो रहन सकेन ।
कोरोनाकालमा नेपालले मानवीय सँगै आर्थिक क्षति पनि नेपालले व्यहोर्नु पर्यो । सामान निर्यात भन्दा आयातको भरमा निर्भर नेपालले चीन र भारतसँगको व्यापार घाटा थप व्यहोर्नु पर्यो । यसै मध्ये उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएको रसुवागढी नाकाबाट सामान आयात निर्यात ठप्प जस्तै भयो । कोरोना संक्रमण विस्तारै मत्थर जस्तै बनिरहेको अबस्थामा अझै पनि केरुङ नाका पूर्ण रुपमा सञ्चालन नआइरहेका बेला सोही सन्दर्भमा रहेर नेपाल चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङसँग गोलखबरले गरेको कुराकानीको सारसंक्षेप ।
नेपाल-चीन केरुङ व्यापारमा के कस्तो समस्या छन् ?
नेपाल चीन केरुङ व्यापार संघको अबस्था कोभिड-१९ देखि लगभग बन्द जस्तो छ । मानिसहरु आवतजावत गर्न पाइरहेको छैन । सामान सिमित मात्रामा मात्रै आएको छ । सामान निर्यात हुन सकेको छैन । यस कारण नेपाललाई व्यापार घाटा नै छ । केही समयपछि साधरण अबस्थामा फर्कन्छ कि भन्ने आशा छ ।
नाका सहजताका लागि तपाईहरुले सरकारसँग सहज वातावरणका लागि ध्यानाकर्षण गर्नुभएको छैन ?
हामीले सरकारसँग पटक-पटक ध्यानाकर्षण गरिरहेका छौ । अब केही समयपछि सहज वातावरण हुनेमा हामी आशावादी छौँ । नाका सञ्चालन नहुँदा लामो समयदेखि केरुङमा बसोबास गर्ने नेपाली व्यवसायी चपेटामा परिरहेका छन् । अहिले सीमा नाकामा बसोबास गर्ने नेपालीहरु अहिले आवतजावत गर्न पाइरहेको अबस्था छैन । ति नेपाली हरुले केरुङमा घरभाडा तिर्न नसक्ने अबस्था छ । यि सबै समस्यामा समाधान गर्न र व्यापारीहरुलाई सहज बनाउन हामीले चीनको केरुङ प्रान्त सरकारसँग पहल गरिरहेका छौ ।
सामान आयातमा भन्सार विभाग र रसुवागढी नाकाबाट सहजिकरण भइरहेकै होला नि ?
सामान आयातमा पहिलाको जस्तो अबस्था अहिले छैन । कोभिडपछि पहिलो कुरा त आवातजावत नै हुन सकेको छैन । दोस्रो कुरा केरुङ नाकाबाट व्यापारीहरुका लागि अहिले सहज अबस्था छैन । जस्तो खासाका व्यापारीहरुलाई रातो पासको व्यवस्थाबाट व्यापार गर्न जति सहज छ त्यो अबस्था केरुङ नाकाबाट छैन । अध्यागमनले पनि पास जारी गर्न सकेको छैन । जसका कारण नेपाली व्यापारीहरु केरुङबाट आउने सामान नाकामा कहिले आउँछ भनेर कुर्नुपर्ने बाध्यता छ ।
रसुवागढी नाकामा सामान लोड अनलोड गर्ने कामदारहरुलाई त समस्या नहोला नि ?
अहिले कोरोनापछि धेरै व्यापारी विस्थापित भइसकेका अबस्था छ । आयात हुने सामान पनि निकै कम मात्रामा आइरहेको छ । सामान आयात गर्दा ग्यारेण्टी बस्ने मान्छे केरुङमा छैनन् । केरुङ हुँदै आउने सामान लामो समयसम्म भन्सारमा रोकिएर बस्ने हुदाँ अनेक झमेला व्यापारीहरुले व्यहोर्नुपरिरहेको छ । अर्को कुरा कामदारहरुलाई रसुवागढी नाका नजिकै चीनको बोर्डरमा जान उत्तिकै सास्ती छ । यताबाट पारी जादाँ क्वारेन्टाइन बसेर पीसीआर टेस्ट गरेपछि परिक्षणमा नेगेटिभ आयो भने मात्रै त्यहाँ काम गर्न पाउने व्यवस्था छ । भन्सार विभागले सहजीकरण गरिरहेका छैन । व्यवसायीहरुलाई अहिले पनि क्वारेन्टाइन बस्नुपर्ने अबस्था छ ।
कोरोना पछि केरुङमा बस्ने नेपालीहरुको समस्या के-कस्तो छ ?
केरुङमा बस्ने नेपालीहरु दुई वर्षदेखि नेपालसँगको सम्बन्धविच्छेद जस्तै छ । चीनले नेपाली व्यापारीहरुलाई नेपाल आउन नदिदाँ श्रीमान नेपालमा श्रीमती केरुङमै सिमित हुनु परेको छ । शुरुमा केरुङको स्थानीय सरकारले नेपाल जान चाहने र सोही ठाउँमा बस्ने को-को छन् भनेर आग्रह गरेका थिए । शुरुवातको दिनमा आउजाउ गर्न दिए पनि कोरोना संक्रमण बढेपछि भने आवातजावत ठप्प भएको हो ।
त्यहाँ बस्ने नेपालीहरुलाई त समस्या छ, अहिले आवातजावत नभइरहेको अबस्थामा आयातको काम कसरी भइरहेको छ ?
व्यापार-व्यवसायको कुरा गर्दा केही असहज पक्कै छ । केरुङबाट सामान लोड भएर आउँछ । केही नेपाली कामदार भने रसुवागढी नाकामै छन् । उनीहरुले कागजपत्रका आधारमा सामान कसको हो भनेर लोड/अनलोड गरेर भन्सार यार्डसम्म ल्याइरहेको छ