• मंसिर १२ २०८१, बुधबार

करणसँग किन दुखी बनिन् सारा ?

असार २८ २०७९, मंगलवार

एजेन्सी  । बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन् । गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो ।

ओटीटीमा आउनुअघि यो शो मा आएका अतिथीहरुको सर्ट क्लिप ट्रेलरका रूपमा देखाइएको थियो । शो मा सारा अली खान र कात्तिक आर्यनलाई पनि देखिएपछि दर्शकले उनीहरूको सम्बन्धका बारेमा अड्कलबाजी गरेका थिए । यही बीचमा करणले सारा र कात्तिक प्रेम सम्बन्धमा रहेको बताएका थिए । तर, यो भनाई अहिले करणकै लागि महंगो साबित भएको छ । करणको व्यवहारप्रति सारा खुसी छैनन् ।

सारा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका कुरालाई सार्वजनिक रूपमा कसैले भनिदिँदा रिसाएकी छिन् । अर्थात् उनी करणसँग सन्तुष्ट छैनन् । सारा आफ्नो करियरको ग्राफका बारेमा मात्र दर्शकले थाहा पाउन भन्ने चाहन्छिन् । सारा बलिउडमा पहिचान बनाउन संघर्षरत छिन् ।