• मंसिर ४ २०८१, मंगलवार

नेपालबाट विदेशमा धेरै निर्यात् हुने १० बस्तु के-के हुन् ?

असार २८ २०७९, मंगलवार

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब २१ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

यस अवधिमा नेपालबाट सोयाबिन तेलको निर्यात सबैभन्दा धेरै भएको छ । ११ महिनाको अवधिमा ४६ अर्ब ५८ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । जुन, नेपालबाट भएको समग्र निर्यातको २५ प्रतिशत हिस्सा हो ।

यसैगरी, ११ महिनामा नेपालबाट पाम तेलको निर्यात दोस्रो स्थानमा छ । नेपालबाट यस अवधिमा ३९ अर्ब ११ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ । यो नेपालबाट भएको कुल निर्यातको २१ प्रतिशत हिस्सा हो । यसैगरी, यस अवधिमा ८ अर्ब ७ करोड रुपैयाँको धागो निर्यात भएको छ भने ८ र्ब ५ करोडको कार्पेट निर्यात भएको छ ।

यस्तै, ६ अर्ब ९ करोडको जुट निर्यात हुँदा ५ अर्ब ३ करोडको विभिन्न प्रकारका जुस निर्यात भएको छ । यसैगरी, ४ अर्ब ५ करोडको अलैँची, ४ अर्ब ३ करोडको रेडिमेड गार्मेन्ट, ३ अर्ब ३ करोडको पिना र ३ अर्ब ६० लाख रुपैयाँको चिया निर्यात भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।