• मंसिर ११ २०८१, मंगलवार

धिमा गतिलाई चिर्दै बीमा

असार २८ २०७९, मंगलवार

पछिल्ला वर्षहरुमा नागरिक  बीमा प्रति आकर्षित हुँदै गएका छन् ।  बीमा का बारेमा ज्ञान बढ्दै गएका हुनाले मानिसमा थप उत्साह आएको पनि देखिन्छ ।

पहिले धिमा गतिमा रहेको  बीमा  अहिले द्रुतताको बाटो पछ्याउँदै गएको छ । राज्यले  बीमा क्षेत्रलाई प्राथमिकतामा राखेयता आजका दिनसम्म देशभरका ३५ प्रतिशत नागरिकले  बीमा  ‘पोलिसी’ पछ्याउँदै गएका छन् ।

वैदेशिक रोजगारीमा गएका पनि यसमा समावेश भएका छन् ।  बीमा  समितिको प्रतिवेदन हेर्‍यौं भने अहिलेसम्म २५ प्रतिशत मात्र  बीमा को वास्तविक नीति तथा कार्यक्रमभित्र समेटिन सकेकाछन् ।

देशभर रहेका १९ वटा जीवन  बीमा , २० वटा निर्जीवन  बीमा  र २ वटा पुनर्बिमा कम्पनीले आफ्ना काम निर्वाध रुपमा अघि बढाइरहेका छन् ।  बीमा  कम्पनीहरुले जनसेवाका लागि देशभर ३ हजार २ सय ७९ वटा कार्यालयमार्फत  बीमा  सेवा प्रदान गरिरहेका छन् ।

चालु आर्थिक वर्षको अन्त्यसम्म जीवन  बीमा  तथा निर्जीवन  बीमा  अन्तर्गत ९० अर्ब रूपैयाँ जम्मा हुने  बीमा  समितिको अनुमान देखिन्छ ।  बीमा  विभिन्न प्रशिक्षण तथा प्रचारप्रसार बढाइएकाले बिमा कार्यक्रममा नागरिकको सहभागिता बढ्न गएको यथार्थ हाम्रासामु छ ।

बीमा  सम्बन्धी चेतना विस्तार गर्न विभिन्न प्रशिक्षण तथा प्रचारप्रसार बढाइएकाले  बीमा  कार्यक्रममा नागरिकको सहभागिता बढेको देखिन्छ । यही क्रमले  बीमा  गर्नेको मात्रा बढेमा आगामी वर्षमा ४० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

बीमा  क्षेत्रको दायरा विस्तार गर्न हरेक प्रदेशमा प्रादेशिक कार्यालय खोल्ने तयारी पनि  बीमा  समितिले गरेको छ । पहिलो चरणमा मधेस, कर्णाली र ७ नम्बर प्रदेशमा कार्यालय खोल्ने नीति लिएको देखिन्छ ।

बीमा  समितिका अनुसार कोरोना  बीमा  अन्तर्गत कम्पनीहरूले १० अर्ब ५० करोड रकम दिन बाँकी रहेको छ । यसलाई हेर्दा १ लाख ५ हजार बिमितले अझै भुक्तानी पाएका छैनन् ।

बीमा का धेरै फाइदा छन् । यीमध्ये बचत गर्ने बानी सबैभन्दा ठूलो उपलब्धी हो । यसको अर्को अभिन्न पक्ष भनेको समस्या परेका बखतमा सुलभ ब्याजदरमा ऋणलिन पाइनु हो ।

आर्थिक विकासमा  बीमा  व्यवसायले खेलेको भूमिकालाई विभिन्न कोण र पक्षबाट नियाल्न सकिन्छ । यसमा जीवन  बीमा  र निर्जीवन  बीमा  दुवै बराबर कामयावी छन् ।

जीवन  बीमा को कोणबाट नियाल्दा  बीमा  व्यवसायले व्यक्ति वा परिवारको बिमित व्यक्तिको मृत्यु भएमा उसलाई  बीमा लेखमा उल्लेख भए अनुसारको क्षतिपूर्ति उपलब्ध गराउँछ, जसबाट बाँकी परिवारले जीवनयापनका लागि केही स्रोत पाउँछन् । यो जीवन बीमा को पहिलो प्रभाव हो ।

दोस्रो, बिमित व्यक्तिको असामयिक निधन नभएमा बिमालेख परिपक्व हुनासाथ बिमित व्यक्तिले बिमालेखमा उल्लेख भएअनुसारको रकम एकमुष्ट प्राप्त गर्न सक्छ । जुन रकमले बिमित व्यक्तिले धेरै कार्य गर्न सक्छ ।

तेस्रो, जीवन  बीमा  गर्दा व्यक्तिले प्रिमियम दाखिला गर्नुपर्ने भएकाले अनिवार्य रूपमा बचत गर्ने बानीको विकास हुन्छ । चौथो, जीवन बिमा गरिएको छ भने बिमालेख धितोमा राखेर कर्जासमेत लिन सकिन्छ । यसले सानासाना आर्थिक आवश्यकता पूरा गर्न सहयोग गर्छ ।

पाँचौं, स्वास्थ्य  बीमा  गरिएको छ भने बिरामी पर्दा आइलाग्ने धेरै खर्चबाट व्यक्तिलाई पर्ने आर्थिक भार कम हुन्छ । छैटौं, जीवन  बीमा  गर्नु सभ्यता, आधुनिकता र दूरदर्शिताको प्रतीकसमेत हो ।

जीवन  बीमा  गर्ने व्यक्तिको समाजमा पृथक र सम्मानजनक स्थान रहन्छ । यसले सामाजिक प्रतिष्ठा वृद्धि गराउँछ । व्यावसायिक जीवनमा बीमाको अझ ठूलो महत्व रहेको छ ।

निर्जीवन  बीमाले व्यवसायीलाई हुने आकस्मिक वित्तीय जोखिमबाट जोगाउँछ । उदाहरणका लागि अग्नि र तारा एयरलाइन्सको २०६७ सालमा भएको दुर्घटनामा ती विमानको  बीमा  नगरिएको भए दुवै एयरलाइन्स आर्थिक रूपले संकटग्रस्त भइसक्थे ।

त्यसैले, व्यावसायिक जीवनमा  बीमाको पहिलो महत्व यसले व्यवसायलाई भविष्यमा पर्नसक्ने सम्भावित आर्थिक जोखिमको प्रभावबाट जोगाउँछ । दोस्रो,  बीमा  गरेपछि कतिपय आर्थिक जोखिम कम भएपछि व्यवसायीले तनावरहित भई कार्य गर्न पाउँछ, जसबाट उत्पादकत्वमा सकारात्मक प्रभाव पर्न गई आर्थिक क्रियाकलाप विस्तार हुन्छ ।

तेस्रो,  बीमा  व्यवसायले कृषि उद्योग खनिज आदि दुवै क्षेत्रको जोखिम कम गर्न सहयोग गर्छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, बिमा समिति र धितोपत्र बोर्डबीच समन्वय अभावका कारण कार्यसम्पादन प्रभावकारी हुन सकेको छैन ।

चौथो, अर्थतन्त्रमा  बीमा  व्यवसाय बढ्दै गएमा अप्रत्यक्ष रूपमा उपभोग कटौती भई राष्ट्रिय बचतको भाग पनि बढछ जुन, नेपालजस्तो अल्पविकसित देशका लागि अति नै जरुरी देखिन्छ ।

पाचौं, अर्थतन्त्रमा लगानीमैत्री वातावरण सिर्जना गर्न औद्योगिक श्रमसम्बन्ध, सरकारी नीति, कच्चा पदार्थको उपलब्धता र बजारको पहुँचजस्ता विविध तत्वको आवश्यकता पर्छ ।

लगानीमैत्री वातावरणको अर्को पूर्वशर्त भनेको उपयुक्त मात्रामा अर्थतन्त्रमा  बीमा  व्यवसायको विकास हुनु पनि एक हो । त्यसैले,  बीमा  व्यवसायले अर्थतन्त्रमा लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग गर्छ ।

नेपाली अर्थतन्त्र दोधारे चरित्रको रहेको छ । सहर, बजार, संस्थागत क्षेत्र र औद्योगिक गतिविधिबाट टाढा रहेको ग्रामीण र कृषि क्षेत्र पनि नेपाली अर्थतन्त्रको एउटा महत्वपूर्ण अंग हो ।

यस क्षेत्रमा सञ्चालित सानासाना व्यवसाय पसल, उद्यम, कृषि घरेलु व्यवसाय, पशुपालन कुटिर उद्योग व्यावसायिक कृषि आदि कार्यमा हुने जोखिमको  बीमा  गर्ने प्रचलन प्रभावकारी रूपमा भएको छैन ।

यो लघुबिमा व्यवसायलाई विकसित गर्न पनि आगामी दिनमा नीतिगत निकायले ध्यान दिनु जरुरी देखिन्छ । बीमा  कम्पनी र ग्राहकबीच प्रत्यक्ष रूपले बाक्लो भेटघाट हुँदैन ।

यी दुवै पक्षबीचमा बिमा अभिकर्ताले समन्वय गरेका हुन्छन् । जसलाई व्यावहारिक प्रचलनमा एजेन्ट भन्ने गरिन्छ । यी  बीमा  एजेन्टलाई व्यक्तिगत र संस्थागत एजेन्ट गरी दुई भागमा विभाजन गरिन्छ ।

संस्थागत एजेन्टलाई पनि बैंक एजेन्ट र अन्य एजेन्ट गरी दुई भागमा राखिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरूले बिमाको एजेन्टका रूपमा कार्य गरेर बिमा सेवा उपलब्ध गराउने कार्यलाई बैंक  बीमा  भनिन्छ । नेपालमा बैंक  बीमाको मात्रा भने अत्यन्तै कम रहेको अवस्था छ ।

यसलाई बढाउनका लागि आवश्यक नीति र कार्यक्रम बनाउनुपर्ने खाँचो रहेको छ । हाल देशमा कतिपय सहकारी संस्था, गैरसरकारी संस्था र बचत तथा कर्जाको काम गर्ने अर्धसंगठित संस्थाले बिमा समितिबाट इजाजत नलिई  बीमा कारोबार गरिरहेका छन् ।

यो ज्यादा ठूलो जोखिमपूर्ण कार्यसमेत हो । प्रचलित कम्पनी व्यवस्थाअनुसार  बीमा  समितिको इजाजत नलिई बीमा  सम्बन्धित व्यवसाय सञ्चालन गर्न मिल्दैन । अतः यस चुनौतीलाई सच्याउन पनि आवश्यक नीतिको व्यवस्था हुनु जरुरी देखिन्छ ।

नेपालमा  बीमा  क्षेत्रको नियमनकारी निकाय  बीमा  समिति हो । तर, हालको अवस्थामा  बीमा  व्यवसायको बढ्दो चुनौतीसँग जुध्न  बीमा  समितिलाई आवश्यक अधिकार उपलब्ध भएको देखिँदैन ।

त्यसैले,  बीमा  समितिको नाम नै परिवर्तन गरेर नेपाल  बीमा प्राधिकरण राखेर यसलाई राष्ट्र बैंक जस्तै शक्तिशाली नियमनकारी निकाय बनाउनुपर्छ ।

यसो भएमा  बीमा  व्यवसायको क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न सकिन्छ ।  बीमा  क्षेत्रमा व्यवस्थापकीय तहको जनशक्ति उचित मात्रामा उपलब्ध नहुनु यस क्षेत्रको अर्को समस्या हो ।

यस समस्यालाई हल गर्न राष्ट्रियस्तरको  बीमा  प्रशिक्षण केन्द्र स्थापना गर्नुका साथै क्षेत्रीयस्तरमा समेत घुम्ती तालिम सञ्चालन गर्नुपर्छ । नेपालका विश्वविद्यालयका स्नातक तहका लागि  बीमा  विषयलाई उचित स्थान दिएर समावेश गर्दै स्नातकोत्तर तहमा  बीमा  विषयका अध्ययन अध्यापन हुने प्रबन्ध मिलाई यस क्षेत्रको प्राज्ञिक र व्यावहारिक दक्षता बढाउन प्रभावकारी व्यवस्था मिलाउँदै जानुपर्छ ।

यसका साथै, विद्यालय तहको पाठ्यक्रममा पनि बिमाबारे पाठ समावेश गरी पठनपाठन हुनुपर्छ । विश्वव्यापार संगठनको सदस्यको नाताले सन् २०१० जनवरीदेखि नेपालले सेवा क्षेत्रमा उदारीकरणको नीति अवलम्बन गरेको छ ।

यस प्रावधानले गर्दा भविष्यमा विदेशी  बीमा  कम्पनीका शाखा नेपालमा पनि स्थापना हुन सक्छन् ।  बीमा  क्षेत्रका समस्यालाई समाधान गर्न वस्तुपरक विकल्पको खोजी गर्नुपर्छ ।

नेपालमा  बीमा  व्यवसायको प्रभावकारिता बढाउनका लागि यस क्षेत्रमा रहेका थप समयाको पहिचान गर्नुपर्छ ।  बीमा  अभिकर्तालाई उचित तालिमको प्रबन्ध नहुनु, बीमा  सेवा शुल्क महंगो हुनु,  बीमा  सम्बन्धी नागरिकमा चेतना कम हुनु र स्वास्थ्य  बीमाको विस्तार नहुनु यसका ज्वलनत समस्या हुन् ।

नीतिगत निकाय खासगरी अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग बीमा समिति र धितोपत्र बोर्ड बीचमा समन्वय अभावमा प्रभावकारी कार्य सम्पादन हुन सकेका छैनन् ।