एजेन्सी । जापानको संसदले अनलाइनमा गालीगलौज गर्नेलाई जेल सजाय दिने नियम अनुमोदन गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा दुर्व्यवहारका घटना बढेसँगै जापानले नयाँ नियम ल्याएको हो । नयाँ नियमअनुसार अनलाइन गालीगलौजको आरोपमा दोषी पाइएका व्यक्तिलाई एक महिनासम्मको जेल वा १० हजार येन जरिवाना तिराइनेछ ।
अहिले ल्याइएको नियमको बारेमा सन् २०२५ मा पुनः अध्ययन गरिनेछ। साथै यसले कस्तो असर पार्यो भन्ने विषयमा पनि छलफल हुनेछ।