• फाल्गुन २६ २०८२, मंगलवार

शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै

असार २६ २०७९, आईतवार

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन् ।

पूर्वप्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न विदेशमन्त्री ब्लिन्केनले जापानको भ्रमण गर्ने जनाउँदै विदेश मन्त्रालयले त्यहाँ रहँदा उनले जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ ।

संयुक्त राज्य अमेरिका–जापान गठबन्धन एशिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका निम्ति आधारशिला भएको बताउँदै उक्त क्षेत्रमा अमेरिका–जापान गठबन्धन कहिल्यै सुदृढ हुन नसकेको अमेरिकी विदेश मन्त्रालयले स्वीकार गरेको छ ।

इन्डोनेसियाको बालीमा जी २० का विदेश मन्त्रीहरूको बैठकमा भाग लिएर विदेशमन्त्री ब्लिन्केन थाइल्याण्डतर्फ प्रस्थान गरेका छन् । बाली बैठकको क्रममा उनले खाद्य र ऊर्जा असुरक्षा र युक्रेनविरुद्ध रूसको निरन्तर युद्धले अन्तर्राष्ट्रिय व्यवस्थामा परेको प्रतिकूल प्रभावलगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्ने अमेरिकी प्रतिबद्धतालाई दोहोर्याएका थिए ।