– शान्ति घर्तीमगर
काठमाडौं । ‘समृद्धिका लागि सामूहिक आर्थिक अभियान’ भन्ने मूल नाराका साथ रिडी ग्रुप लिमिटेडले चौथो साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंमा भएको साधारण सभाको प्रमुख अतिथि माननीय पुर्मती ढेंगामगरले पानसमा बत्ति बालेर समुद्घाटन गरिन् ।
कार्यक्रमको आरम्भमा शारदा मगरले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा विस्तृत जानकारी दिइन् । कार्यक्रमकमा संस्थाका अध्यक्ष मानबहादुर बुढामगरले प्रगति प्रतिवेदन प्रस्तुत गरे भने सञ्चालक समितिका सदस्य डिबी आलेले आ.व २०७७/२०७८ को आर्थिक प्रतिवेदन तथा भावी योजनाहरु प्रस्तुत गरे ।
रिडी ग्रुप लिमिटेडको तर्फबाट मिस मंगोल २०२२ को उपाधि हासिल गर्न सफल अप्रिला घिसिङ लामालाई ब्राण्ड एम्बास्डर प्रदान गरिएको घोषणा गरिएयो ।
आफूलाई ब्राण्ड एम्बास्डर प्रदान गरिएकोमा रिडी ग्रूप लिमिटेडप्रति आभार प्रकट गर्दै उनले युवाहरुले पनि केहि गर्न सक्छन् भन्ने अठोटका साथ केही उपलब्धि गरेर उदाहरणीय बन्ने अभिलासा प्रकट गरिन् ।
कार्यक्रममा कृषि विज्ञ डा.मदन राईले कृषिबाट कसरी आत्मनिर्भर बन्न सकिन्छ ? भन्ने बारेमा प्रवचन दिएका थिए । उनले रिडी ग्रूप लिमिटेडका सम्पूर्ण सदस्यलाई एकताका साथ लगनशील भएमामा अवश्य सफल हुन सकिन्छ भन्ने कुरा सदस्यहरुलाई व्यायामको उदाहरण दिएर सिकाए ।
अन्तराष्ट्रिय मगर संघका अध्ययक्ष नवीन रोकामगरले जनजाति समुदायले आफ्नो सामुहिक एकता बनाएर आर्थिक उत्थानमा टेवा पुर्याउन सकिन्छ भन्दै देशले आर्थिक सफलताको शिखर चुम्न सक्छ भन्ने भाव प्रकट गरे ।
कम्पनीका सल्लाहाकार बमकुमारी बुढामगरले मगर पोषाकको बारे साधारण जानकारी दिइन् । उनले आफूभन्दा अग्रणी आमा र बजुहरुले आम्दानीका लागि सिर्जना गर्नुभएको मौलिक पोषाकलाई प्राथमिकता दिन आग्रह गरिन् ।
उनले मौलिक पोषाकका लगाउने महिलाको संख्या घट्दै गएकाले मौलिक पोषाक र भेषभूषालाई प्राथमिकता दिइयो भने महंगी र सामान आयातलाई घटाएर घरेलु सामानको उपयोग र प्रवर्द्धन गर्न सकिन्छ भन्नेमा जोड दिइन् ।
कार्यक्रमका मुख्य अतिथि माननीय पुर्मती ढेंगा मगरले नेपालमा आउने ठूला ठूला प्रोजेक्टहरुमा नेपालीहरुको न्यून सहभागिता भएकाले नरमाइलो महसुस हुने गरेको बताइन् ।
ती प्रोजेक्टहरुमा नेपालीहरुको पूर्ण सहभागिता जनाउन नेपालीमा ज्ञान, सिप र उपायको खाँचो रहेको ढेंगा मगरको भनाई रहेको छ ।
नेपाल मगर संघका केन्द्रीय अध्ययक्ष ज्ञानेन्द्र पुनमगरले ५० प्रतिशत भन्दा बढि नेपाली गरिबीको रेखामुनि रहेकाले आर्थिक उन्नतीका लागि एक हुने कुरामा जोड दिए ।
कार्यक्रमको संचालन झकेन्द्र घर्तीमगरले गरेका थिए भने कार्यक्रमको सभापति मानबहादुर बुढामगगरले गरेका थिए । कार्यक्रममा कम्पनीको आइपिओ निष्कासनको लागि विज्ञ समूह खटिरहेको जानकारी दिइयो ।
कार्यक्रममा कम्पनीको महात्वाकांक्षी प्रोजेक्ट अन्तर्गत भेडेटार नाम्जेमा रिडी नाम्जे इको रिसोर्टको निर्माण कार्य सुरु भएको जान्कारी दिइयो । कार्यक्रममा सो रिडी इको नाम्जे रिसोर्टको अधिकृत पूजी ३० करोडको रहेको कम्पनी रहेको र १८ मा महिनामा निर्माण कार्य सम्पन्न भइ सो रिसोर्ट संचालनमा आउने पनि जानकारी दिइयो । रिसोर्टमा संचालनमा बाणिज्य बैंकले १३ करोड लगानी रहेको छ।रिडी ग्रुप कम्पनीले गोर्खा ग्रूपसंग मिलेर लुम्बिनीमा २ बिघा जग्गा खरिद गरि पाँचतारे होटेल संचालन गर्न गइरहेको छ ।
रिडी ग्रुप लगानी गरेको पाँच परियोजनाहरु
१) रिडी नाम्जे इको रिसोर्ट प्रा. लि , नाम्जे ,धनकुटा, (२०८१ बाट सुरु हुने )
२)रिडी सोप एण्ड केमिकल फ्याक्ट्री प्रा. लि, चितवन, (२०७९ सावन बाट सुरु हुने)
३)रिडी बोक्टान प्रा. लि धनगदि ,कैलाली, (२०७९ सावन बाट सुरु हुने)
४)गोर्खाज होटेल प्रा. लि , लुम्बिनी, (३ वर्ष भित्र संचालनमा आउने)
५)रिडी लाउन्ज प्रा. लि जावलाखेल ,ललितपुर, (२०७९ भाद्र १५ बाट सुरु हुने )