काठमाडौं । संघिय सरकारले एकै दिन १५ लाख रुपैयाँको चेक काटेको छ । शुक्रबार सरकारले १५ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी दिएको हो ।
आर्थिक वर्षको अन्तिम समय आएकोले सरकारले भुक्तानीलाई तिब्रता दिएको छ । चालू आर्थिक वर्षमा सरकारले छुट्याएको १६ खर्ब ३२ अर्ब मध्ये आज सम्म १२ खर्ब १२ अर्ब रुपैंया अर्थात् ७४ प्रतिशत खर्च भएको छ ।
त्यस्तै चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा हाल सम्म १० खर्ब रुपैयाँ संकलन गरेको छ । यो अंक लक्ष्यको ८४ दशमलव ७४ प्रतिशत रहेको महालेखा नियन्त्रकको कार्यालयले उल्लेख गरेको छ ।