धेरै वर्षहरु बितेछन् काठमाण्डौ नछोडेको । संयोग पोखरामा एउटा बिहेको निम्तो । यही असार चौथो हप्ता भनौँ बाटैको तनहूँ र घाँसीकुवा उर्लंदो बेग । साथमा बौद्धका पुराना मित्र होम बस्नेत । सवारीको रौनक दिने जया लामा वडाअध्यक्ष पनौती काभ्रेका । मिठो रसास्वादन तनहुँ अनि पोखरा भ्रमणको । रसिला नेता परोपकारी गुण भएका जया लामाका सुन्दर अभिव्यक्तिहरुले यात्रा बढी रसिलो भएको सन्दर्भ ।
हिले र धूले बाटो, जाँदा दिनको यात्रा, रातको पहुँच त्यो पनि १० घण्टाको समय, जम्मा दुई सय किमी सडकको, फर्कंदा साँझको प्रस्थान रातिको पहुँच सिमसिमे पानी । वर्षाको भेल र बाढीसँगै नउडेको मन, उडेको विकासे सडकले हल्लाएको सिट । भूकम्पको धक्का भन्दा कम थिएन मन, तर मनकामनाको आशीर्वाद, पूर्ण सुरक्षित काठमाण्डौको अवतरण । मिठो र रसिलो शैलीमा, बाटैमा भानुभक्तको ठिङ्ग उभिएको घाँसीकुवाको शालिकको नमन गर्दै भानभक्तीय रामायणमा पाइने जीवनी । यो छोटो आलेख, उनैमा समर्पित, असार २९ लाई पर्खेर ।
जसोतसो हामी भानु जयन्तीको संघारमा आइपुगेका छौँ । दुई थुँगा फूल फुलेझैं दुई चार शब्दले आदि कवि भानुभक्तको सम्झना गर्दैछौँ । जीवन भर नेपाली भाषाको सेवा र साधना गर्ने भानुभक्तका समयमा आजको जस्तो सुविधा, साधन र सञ्चार थिएन र पनि रामायण जस्तो गहन संस्कृत साहित्यलाई नेपालीमा उल्था गरेर उनले नेपालीहरुका जन जनजिभ्रोसम्म पुर्याउँन जे प्रयत्न गरे । त्यो निकै सराहनीय छ । हरेक देशको आफ्नो राष्ट्रिय हुन्छ, राष्ट्रियताको मूल चार खम्बाहरु हुन्छन् । ती भनेका देशका आप्mनै धर्म, संस्कृति, भूगोल र भाषा नै हुन् ।
आदिकवि भानुभक्तले अध्यात्मको गहिरो अध्ययन गरे । अध्यात्म रामायणका मूल लेखक त स्वयं श्रीशिव नै हुन् ।
शिवको आदिम क्षेत्र नेपालमा रहनेहरुका लागि सगरमाथामा पहिलो घामको झुल्का झुल्केझैं ध्यात्मको खोजी यहीँबाट हुनु पर्नेमा दुई मत रहेन र त पश्चिमाहरु यहाँ आउन लालयित देखिन्छन् । अध्यात्ममा संसार छ, शरीर छ, हाम्रो जीवनी छ, भौतिकवाद जो विज्ञान छ, त्यो पनि अध्यात्मलाई सँगसँगै लिएर अगाडि बढ्दा सुनमा सुगन्ध हुन्छ, नत्र लङ्गडो ।
सृष्टिको उषाकाल वेदबाटै त शुरु हुन्छ । रामायणको मूल जरो त वेद नै हो, जहाँ संसार अटाउँछ । हिन्दुत्वको जन्म पनि यसैबाट भएको हो, संहिता, अरण्यक, उपनिषद्, अठारै पुराण, रामायण, महाभारतदेखि समग्र वैदिक, लौकिक वाङ्मय, पालि साहित्य वेद राशिकै त उपज हुन् । तिनकै शाखा प्रशाखाहरुबाट पल्लवित् छन् । भाषाको दृष्टिले संस्कृत, पालि, प्राकृतहुँदै समग्र एसिया महाद्धिपका र युरोपेली परिवारका भाषाहरुका शाखा प्रशाखामा फैंलिदै आएका छन् । हिब्रु भाषा, ल्याटिन भाषा, आजका कम्प्यूटरका अंग्रेजी भाषाका जननी त संस्कृत भाषा नै त हो, हामीले पूर्वज, अग्रज, चिन्तकहरुलाई बिर्सेर कोठाभित्रै विज्ञानको बत्ती बलेको सम्झी त्यसको स्रोत पानी अध्यात्मको खोजी नगरेर, त्यो आँखाले देख्ने प्रयास नगरेर हो । साँच्चै विज्ञानको बिजुलीको तारमा आँखाले करेण्ट देख्दैन, अनुभूति मनले गर्ने हो ।
भाषाको अध्ययन गर्दा यसका ४ प्रकार तत्सम, तद्भव, अपभ्रंश र स्थानीय देखिएका छन् । सबैको मूल तत्सम संस्कृत नै हो, जहाँ धर्म, संस्कृति, संस्कार पनि जोडिएको हुन्छ, वरत्र र परत्रको चर्चा हुन्छ, जीवन र जिउने कला पनि सिकाइएको हुन्छ । भौगोलिक भेदले अन्तर हुनु स्वभाविक हो । व्यापक अनुसन्धान गर्ने क्रममा प्रसिद्ध पाश्चात्य विद्धान् मेक्समूलरले समेत यसलाई स्वीकारेको देखिन्छ । कवि भानुभक्तले यसलाई बुझेर नेपाली भाषाको एकीकरण गर्ने प्रयास गरे । नेपाली जनजीवनमा नैतिकता, इमान्दारिता, निष्ठा, सच्च्रित्रताको संकेत गर्ने रामायणको पाठ पढाए । परिवारमा पति, पत्नीको प्रेमभाव, दाजु भाईको सम्बन्ध, पितृ आज्ञा भनौँ परिवारमा हुनुपर्ने सबै गुण देखाइदिए ।
आधुनिक समाजको उच्श्रृंखल भीडमा बधु शिक्षाको बाढी नअटाए पनि तत्कालीन परिवेशमा त्यो असहज थिएन । समयको भेलसँगै विषय वस्तुहरु परिवर्तन हुँदै जानु स्वाभाविक हुन्छ । हो, पवित्र मनसायले गरिएका सबै कर्म अनन्तसम्म अमर नै हुन्छ । भक्ति अनि वेदान्तको रस चखाउनु सजिलो काम थिएन र पनि उनले जे प्रयास गरे उनका अनुयायीले पछि त्यसमा खाँबा, खम्बा जोड्दै गए र त हामी त्यसमा फलेको वृक्षबाट फल चाख्न पुगेका छौँ आज ।
स्वभावैले कलियुगका मानिसहरु धर्म, कर्मप्रति बेवास्ता राख्छन्, खान मात्रै जन्मिएका प्राणी पशुपन्छी जस्तो हुँदै होइन मान्छे । उसले त स्वको खोजी, स्वाध्याय, इहलोकको सुखका साथै परत्रको मोक्षको पनि उपाय खोज्नु पर्ने हुन्छ र भक्ति साहित्य, वेदान्तको दर्शन त्यो पनि जीवन दर्शनसँग प्रत्यक्ष सरोकार राख्ने रामयणको खोजी गर्नुपर्ने हुन्छ । रामायणको गहन खोजी गर्ने व्यक्ति अधार्मिक हुनै सक्तैन र जसले रामायणका विषयमा कलम चलाउँछ ऊ स्वयम् कवि बनिहाल्छ । स्रष्टा, साहित्यकार बनिहाल्छ, यसमा कला साहित्य छ र त यसको अध्येता स्वयम् कलाकार भइहाल्छ । कलिका मानिस खासगरी अल्पबुद्धिका, अज्ञानी हुन्छन् ।
विषयाशक्त र कामलम्पट हुन्छन् । मानको भोको, दूव्र्यसन र मदिरामा व्यस्त हुन्छन् र त नीतिले भनेको छ, सकेसम्म काव्य शाश्त्र विनोदेन कालो गच्छति धीमताम् अर्थात् खोलाभैmँ बगिरहने समयलाई काव्य शाश्त्रको अध्ययनबाट बग्न दिनु पर्छ । लोकहित हेतु अनवरत प्रयत्नशील हुनुपर्छ र भानुभक्तको रामायण नै एक दिन नारद सत्यलोक पुगि गया लोकको गरौँ हित भनी भनेर शुरु हुन्छ । हरेक व्यक्तिको उत्साह र प्रगतिमा उसले पाएको संगति र प्रेरणा बलियो हुन्छ । तनहूँका घाँसीबाट प्रेरणा पाएका भानुभक्तले जीवन अमर गराउन सके ।
रामायणमै राम गीता तयार हुन्छ जो हर मानवको अमूल्य निधि हो । यसैमा लक्ष्मण गीता तयार हुन्छ जुन ज्ञान र विज्ञानले भरिपूर्ण छ । राम गीताको माहात्म्य स्वयम् शंकरजी मात्र जान्न सक्नुहुन्छ हामी जस्ता असहाय जीवको के प्रयास हुन्छ र । संसारमा जिन्दगीभर घुमेर, खोजेर नपाइने विषय राम गीतामा पाइन्छ । संसारकै कष्ट र पाप नाशक छ यो राम गीता, सम्पूर्ण मानवको सर्वस्व हो यो ।
स्वयम् माता पार्वतीले पनि राम गीताको अध्ययन गर्ने प्रयास गरेको शाश्त्रीय मान्यता छ । खराब बोल्दा, खराब खान खाँदा, खराब दान लिँदा, दिँदा जुन पाप भोग्नु पर्छ, तुलसीबाट वा शालिग्रामशिला सामु बसेर एक आवृति राम गीताको पाठ गर्दा यी सबै पाप रहित हुन्छ । व्यक्ति त्यति मात्रै होइन दूस्वप्न, कष्ट, पितृ श्रापबाट समेत मुक्ति पाउँछ र धनी, मानी हुन्छ, कुशल व्यवस्थापक, कुशल सञ्चारकर्मी, कुशल उद्यमी, राष्ट्रसेवक र देशकै कुशल नेतृत्व लिन चाहनेले राम गीताको अध्ययन, चिन्तन र मनन गर्नुपर्छ, विधर्मी भएपछि समस्याको ओइरो त आइलाग्छ नै ।
त्यसैगरी लक्ष्मण गीतामा संसार छ, अथाह ज्ञानको भण्डार छ । बुद्धि र चिदाभासको ऐक्य भन्नु नै जीव हो हामी हौँ । बुद्धिको साक्षी ब्रह्म हो, निर्विकार पूर्ण आत्मामा अज्ञानताले गर्दा सम्पूर्ण प्रपञ्च भएको हो । हिरण्यगर्भ ईश्वरको शरीर हो यो विराट्मा संसार हो भने सूक्ष्ममा शरीर, स्थूल शरीर बाहिरी आँखाले देखिन्छ, भोक प्यासको हुन्छ । भित्रि अर्को शरिर कारण शरीर हो त्यो आत्मा हो देखिँदैन, सूक्ष्मदर्शक यन्त्रले पनि । तर त्यो बिना अन्य शरीरको कुनै काम आउँदैन । आत्मा र मनको आवरण भएर बाह्य शरिर बसेको हुन्छ, जन्मने र मर्ने हुन्छ ।
आत्मा अमर तर साक्षी स्वरुप हुन्छ, देखिने विभिन्न लोकालोकहरु ईश्वरका अंगहरु हुन् पैताला पाताल हो भने गोलीगाँठो रसाताल । दुई घुँडा तलातल, जाङ्घ सुतल, कम्मरमुनिको भाग वितल, अतल र सम्पूर्ण पृथ्वी कम्मर, नाइटो भूर्लोक, छाती स्वर्गलोक, घाँटी महलोक, मुख जन लोक, ललाट तपोलोक, मस्तिक सत्य लोक, हातहरु इन्द्रादि लोकपाल, कान दिशाहरु, सूर्य आँखा, चन्द्रमा मन, काल भू्रविलास, बुद्धि वृहस्पति, रुद्र अहंकार, वेद बोली, यम दाह्रा, नक्षत्र दन्तपक्ति, मोहिनी माया मुस्कान, सृष्टि कटाक्ष, धर्म शरिरको अग्र भाग, अधर्म यसको पछिल्लो भाग, सात समुद्र कोखको भाग, नदीहरु नाडीहरु, निमेष आँखा उघार्नु, चिम्लनु दिन र रात, रौँहरु वृक्ष र वनौषधि, वीर्य वर्षा भनौँ विराट ईश्वरमा जे छ सूक्ष्म मानव शरिरमा पनि त्यही छ । आवश्यता छ केवल पहिचानको ।
यही बुझेर महाकवि देवकोटाले भने हाडहरुका सुन्दर खम्बा मांस पिण्डका दिवार, नसा नदीका तरल तरंग मन्दिर आफू अपार, कुन मन्दिरमा जाने यात्री कुन मन्दिरमा जाने हो कुन देवताको पूजा गर्ने साथ कसोरी लाने हो ।
मानिसले जहिले पनि इन्द्रीयहरुलाई विषयदेखि हटाएर अन्तःकरणलाई जित्नु पर्ने हुन्छ । यो सम्पूर्ण विश्व परमात्माको रुप हो । यो संसार वाच्य हो, ॐ कार वाचक हो । अज्ञानभावले यो जगत्को अनुभूति हुन्छ । ॐ मा ३ वर्ण छन् ती अ ऊ र म हुन् । अ कार विश्वको वाचक हो, ऊ कार तैजस हो भने म कार भने प्राज्ञ हो । अंग्रेजीमा जिओडी भनेभैmँ गड् अर्थात् सर्जक जेनेरेटर, पालक ओपरेटर र संहारक डिस्टृवायर यी क्रमशः जाग्रत्, स्वप्न र सुषुप्तिका देवता हुन् ।
अध्यात्म विज्ञानको भोको नभई यी विषयमा ध्यान केन्द्रित हुन सकिँदैन । ईश्वरीय आशीर्वाद बिना पनि सम्भव छैन । दुःख नपरी होस खुल्दैन, सुगौलीको सन्धिले सिमानाको छट्पटीमा परेका भानुभक्तले नेपाली साहित्यमा भक्तिरस बगाए । रामायणले घ घरमा प्रवेश त्यसपछि पाएको हो । त्यसअघिसम्म नेपाली साहित्यमा वीर रसकै प्राधान्यता थियो । आज पनि हामी राष्ट्रियताको कुरा गछौँ तर राष्ट्रियताको मियो सिमाना मिचिएको छ । धर्म, संस्कृति, भाषामा औपनिवेशिता छ ।
जसरी आर्थिक परिवेश औपनिवेशिकता भित्र गुम्सिएको छ आज ! यहाँ उत्पादन छैन, छ केवल राजनीति, छिमेकीले गहूँपछि, आटा, मैदा, सुजीको पिठो निकासी बन्द गरेको खबर यो पंक्ति तयार गर्दागर्दै, अनि नीति बनाउने अर्थ मन्त्रालयका कर्मचारी भागाभाग गणतन्त्र र संघीयताले देखाएको निर्लज्ज व्यवहार । २ दिन अघिसम्म सिसिटिभी फुटेजको माग्दै कुर्लने देशको ढुकुटी सञ्चालक संयन्त्रहरुलाई नै सोत्तर बनाई राजिनामा दिने कस्तो निर्लज्ज चरित्र छ देशमा । यात्राकै क्रममा सुनिएको राजीनामाको प्रसंग । अतितमा पनि विकृति त कति थिए कति, भानुभक्तले पनि व्यंग्य नलेखेका होइनन् ।