काठमाडौं । अन्तराष्ट्रिय बजारमा पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ।
दुई महिनापछि तेलको मूल्यमा कमी आएको हो । यसअघि अप्रिलमा अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० डलरसम्मको उचाइमा पुगेको थियो।
वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य मंगलबार १० प्रतिशत जति खस्कियो जुन प्रति ब्यारेल ९९.५० डलरको न्यून बिन्दुमा पुग्यो। मे पछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको यो पहिलो पटक हो। तर ब्रेन्ट कच्चा तेल भने अप्रिल २५ देखि १०० डलरभन्दा कम भएको छैन।