• फाल्गुन २६ २०८२, मंगलवार

‘सेक्स स्क्याण्डल’ जसले बेलायती प्रधानमन्त्रीलाई राजीनामाको दबाब बढाउँदैछ

असार २३ २०७९, बिहीबार

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमाथि राजीनामा दिनुपर्ने दबाब बढ्दै गएको छ ।

बोरिसका नजिकका सांसद संलग्न भएको भनिएको ‘सेक्स स्क्याण्डल’लाई लिएर उनको सरकारमा रहेका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि बोरिसमाथि राजीनामा दिनुपर्ने दबाब बढेको हो । तर, बोरिस भने राजीनामा नदिने अडानमा छन् ।

कन्जर्भेटिभ मन्त्री र नेताहरुले बोरिसको राजीनामा मागेपछि लिबरल डोमोक्रेटिक पार्टीले पनि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताए। डेमोक्रेटिक नेताहरुले कन्जर्भेटिभको सरकार अब ढल्ने दाबी समेत गरेका छन्।

के हो स्क्याण्डल ?

‘सेक्स स्क्याण्डल’ सँग बोरिस सिधै जुधिएका छैनन्। तर यसै विषयलाई लिएर उनलाई सरकारमा बस्न गाह्रो बनाइरहेको छ।

३० जुनमा बेलायतको समाचारपत्र ‘द सन’ले सत्तारुढ कन्जर्भेटिभ पार्टीका सांसद क्रिस पिन्चरले एक निजी क्लबमा दुईजना पुरुषलाई आपत्तिजनक रुपमा छोएको भन्दै रिपोर्ट प्रकाशन गरेको थियो। यौन दुर्व्यवहारको आरोप लागेपछि पिन्चरमाथि अनुसन्धान हुनुपर्ने माग उठ्दै आएको छ।

बोरिसले यही वर्षको फेब्रुअरीमा पिचरलाई पार्टीको ‘डेप्युटी चिफ ह्वीप’ नियुक्त गरेका थिए। यो वर्षमा मात्रै पिन्चरसँग सम्बन्धित ६ अन्य मामिला पनि सार्वजनिक भएका थिए। त्यसबेला पार्टीले पिन्चरलाई निस्कासित गरेको थियो।

जुन १ मा बेलायत सरकारले पिन्चरको नियुक्ति अघि बोरिसलाई उनीमाथि लगाइएको यौन दुर्व्यवहारको आरोपबाट थाहा नभएको स्पष्टीकरण दिएको थियो। तर त्यसपछि पनि उनको सरकारमा रहेका मन्त्रीहरुले यही मुद्दालाई उठाइरहेका थिए। तर, जुन ४ मा प्रधानमन्त्रीका प्रवक्ताले बोरिसलाई आरोपहरुको बारेमा जानकारी भएको बताएका थिए।

आरोपहरु प्रमाणित नभएकोले पिन्चरको नियुक्तिलाई नरोकिएको प्रवक्ताले बताएका थिए। सन् २०१९ देखि २०२० मा नै पिन्चरविरुद्ध लागेको आरोपका बारेमा औपचारिक रुपमा बोरिसलाई जानकारी दिइएको थियो। त्यस बेला उनी विदेश मन्त्री थिए। त्यसबेला सो आरोप लागेपछि अनुशानात्ममक कारवाही पनि भएको थियो। यसले दुर्व्यवहार पुष्टि हुने स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।