• आश्विन १३ २०८१, आईतवार

जीवन सुन्दर बनाउन खाना आधा पेट,पानी दुइगुना, हाँस्नुस् चारगुणा ..

असार २२ २०७९, बुधबार

जिन्दगी सुन्दर बनाउन चाहानुहुन्छ भने महान व्यक्तित्वहरुका बाणीहरुको अध्ययनमन्नले पनि तपाईको जीवनमा ठूलो परिवर्तन आउन सक्छ । त्यसकारण त्यस्ता सुन्दरबाणीहरु अध्ययन गर्ने बानीको विकास गर्दै सकारात्मक सोंचका साथ आफ्नो कर्मप्रति क्रियाशील हुन सक्यो भने आउने दिनहरु सुखीसुखी सकिन्छ ।

जीवन सुन्दर बनाउने केही त्यस्ता प्रेरक भनाइहरु ….

–महान व्यक्तिको पहिलो जित निन्द्रामै हुन्छ, जति ठूला सपना हुन्छन् निन्द्रा त्यति नै कम आउँछ ।
–नराम्रो गर्ने विचार आउँछ भने, भोलिकाई टाल्नुहोस्, राम्रो विचार आउँछ भने, आजै गर्नुहोस् ।
–जब तपाई आफ्नै कामसँग काम राख्न लाग्नुहुन्छ । तब दुनिययाँमा तपाईलाई घमण्डी सम्झिन लाग्दछ ।
–यदि भाग्यले साथ दिइरहेको छैन भने, सम्झिनु कि मेहनतको कमि छ ।
–जो एकान्तमा एक्लै रुन्छन्, उनका आँशु उनको तागत बन्दै जान्छन् ।
–दुनियाँको सबैभन्दा शक्तिशाली व्यक्ति ऊ हो, जसले आफूलाई नियन्त्रण गर्न सक्छ ।
–जिन्दगी एकदमै सुन्दर छ यसलाई बेकारका कुराहरु र झगडामा बर्बाद नगर्नुहोस् ।
– दीर्घायुको लागि खाना आधा गर्नुहोस, पानी दुइगुना बढाउनुहोस् , हाँस्न चारगुणा बढाउनुहोस् र भगवानको ध्यान सय गुणा बढाउनुस् ।
–यदि आज कमाई भन्दा धेरै मेहनत गर्नुहुन्छ भने, धेरै छिटै मेहनत भन्दा धेरै कमाई गर्नुहुनेछ ।
–यदि तपाई क्रोधलाई एक पलको लागि धैर्य गर्न सक्नुहुन्छ भने, तपाई दुःखका सय दिनहरु बाट बच्न सक्नुहुन्छ ।
–कठिनाइहरु यसैले आउँछन कि तपाई दुइ कदम अझै अगाडी बढ्न सक्नुहोस् ।
–आफ्नो अस्तित्व र हकको लागि जरुर लड्नुहोस, चाहे तपाई जतिसुकै कमजोर किन नहुनुहोस् ।