• मंसिर १३ २०८१, बिहीबार

सवारी दुर्घटनाका घाइतेको उपचार खर्च प्रदेश १ सरकारले व्यहोर्ने

असार २२ २०७९, बुधबार

विराटनगर । प्रदेश १ सरकारले सवारी दुर्घटनाका कारण घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो ।

प्रदेश मातहतका सवारी दुर्घटनामा घाइतेको उपचारमा जटिलता आएपछि यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।

बीमा रकमभित्र उपचारमा समस्या नभएको तर त्योभन्दा बढी खर्च लाग्ने अवस्थामा सरकारले निर्णय गरेर उपचार खर्च बेहोर्ने व्यवस्था गरेको हो ।