काठमाडौं । आईसीसी विश्वकप लिग–२ को तयारी स्वरुप आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समयानुसार राति पौने १० बजे शुरु हुनेछ ।
स्कटल्याण्डमा आयोजना हुन लागेको एक दिवसीय श्रृंखलाको तयारीका लागि सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले एक हप्ताअघिबाट क्यानडामा अभ्यास गरिरहेको छ ।
क्यानडा भ्रमणमा यसअघि नेपालले स्थानीय क्लब ओन्टारियोविरुद्ध एक एकदिवसीय र एक टी२० खेलेको थियो । जसमा नेपालले जित हात पारेको थियो ।