काठमाडौं । विद्यालयमा प्राथमिक कक्षामा अध्ययनरत विद्यार्थीदेखि माध्यमिक तहसम्मका लागि डेस्क र टेबल हुन्छ । किताब राख्ने, लेख्ने सबै डेस्कमै हुन्छ । डेस्कमै टाउको राखेर बालबालिकाहरु सुत्छन् । चीनले भने प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुका लागि विशेष कुर्सीको व्यवस्था गरिदिएको छ ।
चीन पूर्वी जेझाङ प्रदेशको हुझोउ सहरमा प्राथमिक विद्यालय अध्ययनरत विद्यार्थीहरुका लागि उँघ्न(न्याप) गर्नका लागि फोल्डहुने वाला डेस्क–कुर्सीको व्यवस्था गरेको छ ।
चीनियाँ सञ्चारमाध्यम पिपुल्स डेली चाइनाले खिचेका तस्विर :
त्यहाँको प्राथमिक विद्यालयले ४ सय ६७ वटा डेस्क–कुर्सी सेट बालबालिकाहरुका लागि व्यवस्था गरेको हो । दिउँसो प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुका लागि आराम गर्नकै लागि भनेर ती फोल्डिङ डेस्क बनाइएका हुन् । आज यो समाचार चर्चामा रहेको छ ।