काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघले सार्वजनक गरेको मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।