• भाद्र २७ २०८१, बिहीबार

प्रचण्डका छोरी-ज्वाइँ पनि केन्द्रीय सदस्य

असार २० २०७९, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति सदस्यहरूको टुंगो लगाएको छ । आइतबार बसेको बैठकले ३७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी–ज्वार्इँसमेत अटाउन सफल भएका छन् । आइतबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डकी कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य अटाउन सफल भएका हुन् ।

सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औँ नम्वरमा ज्वाइँ आचार्य उल्लेख गरेर थप केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ । प्रचण्डका भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रीय समितिमा अटाएका थिए ।