काठमाडौँ। नेपाल मगर भेजा समाज नेपालको केन्द्रिय कार्यालय काठमाडौँको मनमैजुमा उद्घाटन गरिएको छ। तारकेश्वर नगरपालिका-९ इन्द्रेणी पुलमा रहेको एन्जल्स स्पोर्टस ऐकेडेमीमा सो संस्थाको कार्यालय उद्घाटन गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीले कार्यालयको उद्घाटन गरे।
पर्यटन तथा संस्कृति मन्त्री कार्यक्रममा सहभागी हुन नसकेका कारण सोही मन्त्रालयका सचिवले कार्यक्रम उद्घाटन गरेका हुन् l मगर समुदायको भाषा, भेषभुषा -संस्कृति र परम्पराको जानकारी दिने उद्धेश्यले सो संस्था स्थापना गरिएको सो कार्यक्रममा जानकारी दिइयो।
संस्थाका उपाध्यक्ष्य खिमबहादुर थापाले मगर संस्कृतिको बारेमा शिक्षा र चेतना फैलाउन र खासगरी हालको युवा पुस्ता, महिला तथा बालबालिकाहरुलाई आफ्नो संस्कृति र परम्पराबारे चेतना जगाउने उद्धेश्यले यो संस्थाको स्थापना भएको बताए । कार्यक्रमको अध्यक्षता पार्वती थापामगरले गरेकी थिइन् । थापा नेपालकै पहिलो महिला डिआइजी हुन् ।
थापाले समाजमा हुने हत्या तथा हिँसा न्यूनीकरणका लागि चेतना फैलाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको पनि जानकारी दिए।