• चैत्र २४ २०८१, सोमबार

नेपालीको मुखमा ३० करोडको चुइगम पड्कियो

असार १६ २०७९, बिहीबार

काठमाडौं । सामान्य बाटोमा हिँड्दा होस् या फुर्सदमा स्वाद मानेर चुइगम खाएको त तपाईं हामीले देखेकै हो । न त पेट भरिने न पौष्टिक तत्व पाइने, तै पनि मानिसहरु मुख मिठ्याउँदै चुइगम खाइरहन्छन् ।

तर के तपाईंलाई थाहा छ, नेपालीले एक वर्षमा मात्रै ३० करोड रुपँया बराबरको विदेशी चुइगम पड्काउने गरेका छन् । जसका कारण व्यापार घाटा मात्रै बढेको छैन, अतिरिक्त मुद्रा विदेशिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा विभिन्न ११ वटा देशबाट २९ करोड ८४ लाख ५९ हजारको चुइगम मात्रै भएको छ । सबैभन्दा धेरै भारतबाट चुइगम आयात हुने गरेको छ । भारत पछि नपालमा अमेरिकाबाट सबैभन्दा धेरे चुइमग आयात भएको छ ।

अमेरिकाबाट गत वर्ष १ करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ३६ हजार केजीको चुइगम आयात भएको छ । त्यस्तै, टर्की, बेलायत, कोरिया थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), चीन, जापान र स्पेनबाट सउमेत चुइमग नेपालमा आयात भएको छ ।