• चैत्र २४ २०८१, सोमबार

भन्सार एजेन्टका लागि लोकसेवा आयोगले लिएको परीक्षा नतिजा सार्वजनिक

असार १६ २०७९, बिहीबार

काठमाडौं । भन्सार एजेन्टका लागि ६ सय ६० जनाको अन्तिम नामावली सार्वजनिक भएको छ ।

विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको हो । विभागले बुधबार निर्णय गरेर लिखित र मौखिक परीक्षामा सहभागफ ७ सय ५७ मध्ये ६ सय ६० जनाको नाम सार्वजनिक गरेको हो । लामो समयदेखि भन्सार एजेन्टको परीक्षा नभएकाले लोक सेवा आयोगले एकै पटक ठूलो संख्यामा एजेन्टको माग गरेको थियो ।

गत वैशाख १७ गते लोकसेवा आयोगमार्फत ८ सय ५७ जना लिखित परीक्षामा सहभागी भएका थिए। विभागले २०७७ को चैत १६ गते ठूलो सङ्ख्यामा भन्सार एजेन्टको माग गरेको थियो।

लिखित परीक्षामा सहभागीमध्येबाट यही असार ५ गतेदेखि १३ गतेसम्म मौखिक अन्तर्वार्ता सञ्चालन भएको थियो । भन्सार एजेन्टले आयात–निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।