• चैत्र ३० २०८१, आईतवार

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

असार १६ २०७९, बिहीबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको हो । बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजाररुपैयाँ रहेको छ ।


Advertisement

त्यस्तै, आज चाँदीको मूल्यमा पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।