• मंसिर ७ २०८१, शुक्रबार

१६ लाखको भ्रष्टाचार गरेको आरोपमा इन्जिनियरसहित आठ जनाविरुद्ध मुद्दा दायर

असार १६ २०७९, बिहीबार

काठमाडौं । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सडक निर्माणमा अनियममितता गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा १६ लाख ९९ हजार ३९९ रुपियाँ ७७ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

बागलुङको कोठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी आयोजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेकाले सडक मर्मत आयोजनामा अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको हो ।

कोठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, सव(इञ्जिनियर नवीन थापा, असिस्टेन्ट सवइञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेल, श्री सेभेन स्टेट बिल्डर्स, बाग्लुङ्गका प्रोपाइटर दिपेन्द्रबहादुर खड्का, सोही कन्ट्रक्सनका प्रतिनिधि तथा कोठेखोला कन्ट्रक्सनका प्रोपाइटर टंक बहादुर कुँवर, खुसु निर्माण सेवाका प्रोपाराइटर सूर्य बहादुर भण्डारी र गणेशबहादुर भण्डारी छन् ।

सम्झौतामा उल्लेख भएबमोजिम काम नगरी झुट्टा बिल भरपाइ बनाएर गलत मूल्याङ्कनमा गरेको भन्दै मुद्दा दायर भएको हो। उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगो बमोजिम जरिवाना हुने आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।