• मंसिर ११ २०८१, मंगलवार

मल्टिडेभलपमेन्ट सर्भिसको आयोजनामा मनाइयो धान दिवस (तस्विर सहित)

असार १५ २०७९, बुधबार


काठमाडौं । आज दिवस : यो दिवसको महत्व नेपाल जस्तो कृषि प्रधान देशमा निकै नै रहि आएको छ । नेपालमा परापूर्व कालदेखि धानको खेति हुँदै आएका स्थानहरुमा आजभोली घरहरु बनिसकेका छन् ।

जमीनहरु खण्डिकरण गरिँदै लगिएको छ । खाद्यान्न बालीको महत्व बुझेर पनि बुझ पचाएको राज्य आफैले जमीनको खण्डिकरण गरेर सिध्याउँदै लगेको छ । राज्यको नीति र व्यवहार गतिलो नहुँदा आज नेपालमै धानखेति गर्ने लाखौं युवा विदेशीको धान रोप्न गइरहेका छन् ।

यतिसम्म की नेपालमा कृषि मन्त्री सिंहदरबारभित्र गमलामा धान रोपेर धान दिवस मनाउँछन् । र भारतबाट आएको चामलको भात खाएर ठुलठुला गफ दिन्छन् । यसैबीच यसपालीको धान दिवस पनि देशैभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

सामाजिक सञ्जालहरुमा यो दिवस मनाएका तस्विरहरु प्रशस्तै देख्न पाइएको छ । यता काठमाडौंको तारकेश्वर नगरपालिकाको फुलुङमा पनि आजका बालबालिकालाई धान रोप्न सिकाउने उद्धेश्यले आज विभिन्न कार्यक्रगहरु गरि दिवस मनाइएको छ ।

 

त्यहाँस्थित मल्टिडेभलभमेन्ट सर्भिसको आयोजनामा आज मौलिक परम्परालाई जोगाउने उद्धेश्यले धान दिवस मनाइएको सो संस्थाको संचालक समितिका सदस्य खिमबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार विभिन्न पोसाक लगाएर धान रोप्ने र बालबालिकाहरुलाई धान रोप्नुको कारण र उद्धेश्यका बारेमा जानकारी पनि दिइयो ।

आजको दिनलाई दही–चिउरा खाने दिन पनि भन्ने चलन रहेको छ । धान रोपेर नयाँ अन्न उत्पादन गर्ने सुरुवातीको दिन भएकोले मनोरञ्जनका साथ यो पर्व मनाइन्छ । नेपालका सबै जनसमुदायमा यो पर्व मनाउने परम्परा रहेको छ ।