काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् ।
अमेरिकाको योजना र पश्चिमा देशहरुको साथमा रुस विरुद्ध युक्रेनलाई युद्धमा होमेपछि भएको पराजयबाट विक्षिप्त भएका बेलायती राष्ट्रपति जोन्सनले पुटिन विरुद्ध यस्तो अभिव्यक्ति दिएका हुन् ।
जोनसनले मंगलबार साँझ जर्मनीमा यस्तो आरोप लगाएका हुन् । उनले भने,‘यदि पुटिन एउटी महिला भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’
युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए । मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा राख्नका लागि पश्चिमी सहयोगीहरूले समर्थन गर्नुपर्ने उनले बताए ।
रुससित युक्रेनलाई लड्न उक्साएर आफूहरु ठाढैबाट हेरेर मनोरञ्जन लिइरहेको आरोप अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती राष्ट्रपति जोन्सन लगाएतका पश्चिमा नेताहरुलाई लाग्ने गरेको छ । रुस विरुद्ध युक्रोनलाई लड्न उक्साएर युक्रेनलाई अरबौं डलरको हतियार तथा खरखजानमा विक्री गरेको आरोप पनि उनीहरुलाई लाग्ने गरेको छ ।
रुसी आक्रमणका कारण युक्रेनमा खरबौं बराबरको क्षति भइसकेको छ । रुसले युक्रेनका झण्डै २५ प्रतिशत भूभाग कब्जा गरिदिएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की अहिले पनि रुससित लड्नका लागि युरोप र अमेरिका सित साथ मागिरहेका छन् ।
रुससित लड्न युरोपमा लडाईंको केन्द्र बनाउँदा युरोपले क्षति व्यहोनु पर्ने समस्याका कारण अमेरिकनहरुले रुससित युक्रेनलाई लड्न उक्साएका थिए ।
जोन्सनले ‘पुटिनलाई महिला भएको भए युक्रेनमा युद्ध हुने थिएन’ भने पनि खासमा युक्रेनलाई रुस विरुद्ध लडाएर युक्रेनको आजको हालतमा पुर्याउनेहरु जोन्सनहरु नै हुन् ।