एजेन्सी । पपुलर अमेरिकी अभिनेत्री मेरी माराको निधन भएको छ । ६१ वर्षीय अभिनेत्रीको नदीमा डुबेर निधन भएको हो । उनको निधनको विषयमा पुलिस अधिकारीले अहिले अनुसन्धान गरिरहेको छ ।
पुलिस अधिकारीका अनुसार उनको शव आइतबार केप विन्सेन्टको स्टिफन लोरेन्स नदीमा भेटिएको थियो । उनी पौडी खेल्न जाँदा नदीमा डुबेर मृत्यु भएको पुलिस अधिकारीको अनुमान रहेको छ । थियटरबाट फिल्म अभिनय सुरु गरेकी अभिनेत्रीले १९९२ मा ‘लव पोशन नम्बर ९’ बाट फिल्म डेब्यु गरेकी थिइन् ।